Wednesday, August 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

आकर्षक देखियो ६ लेन सडक (तस्वीरहरुसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २४, २०७८
in टाकुरा विशेष, फाेटाे फिचर, समाचार
0
3.8k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : रानी–विराटनगर–इटहरी–धरान निर्माणाधीन ६ लेन सडकको काम तीव्र गतिमा भइरहेको छ । कतिपय ठाउँमा काम सकिएको छ भने धेरैजसो ठाउँमा निर्माणाधीन अवस्थामै छ ।

इटहरीको पानीपियादेखि आँपगाछी सम्मको करीब तीन किलोमिटर सडकको काम लगभग सकिएको छ । यतिबेला सडकको बीचमा सोलार बत्ती समेत जडान गरिएको छ भने बीचमा फूल समेत रोपिएको छ ।

अहिले यात्रुहरु सवारी रोकेरै कोही फोटो खिच्ने त कोही टिकटक बनाउन व्यस्त देखिन्छन् । आँखाको दृश्यमा आकर्षक देखिएकै कारण सामाजिक सञ्जालमा सडकका तस्वीर तथा भिडियोहरु प्रशस्तै देख्न पाइन्छन् ।

निर्माणाधीन ६ लेन सडक परियोजना आशिष निर्माण सेवाका इन्जिनियर सागर बडालका अनुसार २०७४ कात्तिकदेखि सुरु गरिएको काम करीब ९५ प्रतिशत सकिएको छ । उनका अनुसार उक्त निर्माण सेवाले इटहरीको पानीपियादेखि आँपगाछीसम्म दुई हजार सात सय मिटर (२.७) किलोमिटर सडक निर्माणको ठेक्का पाएको थियो ।

विराटनगरका केही क्षेत्र बाहेक इटहरीमा पहिलोपटक सोही निर्माण सेवाले मात्रै काम सक्न लागेको हो । अन्य ठेक्का पाएका कम्पनीले काम गरिरहेकोभएपनि पूर्ण रुपमा काम भएको छैन ।

‘हामीले ७७ वैशाखमै निर्माण सक्नेगरी काम गरेपनि कोभिड र बिजुलीको टावर नहटाइएका कारण ढिलो हुनपुग्यो,’ इन्जिनियर बडालले भने, ‘हामीले लगभग ९५ प्रतिशत काम सकेका छौँ, अब रोड मार्किङ गर्न बाँकी छ ।’

उनका अनुसार ८९ करोडको लागतमा पानीपियादेखि आँपगाछीसम्मको ६ लेन सडक निर्माणको काम गरिएको होे । सडकमा सोलार बत्ती समेत जडान गरिएको छ ।

५३ वटा जडान गरिएको सोलार बत्ती रातभर बल्ने उनले बताए । ‘सोलार बत्ती पनि जडान गरिसकिएको छ, त्यस्तै सडकको बीचमा घाँस बिछ्याउने काम पनि गरिसकेका छौँ,’ बडालले टाकुरासँग भने, ‘सडकको दायाँबायाँ गरी ८२ फुटमा काम गरेका हौँ ।’

उनका अनुसार कतिपय ठाउँमा अहिले स्थानीयले फूलका बिरुवा रोप्ने तथा विभिन्न प्रजातिका रुखका बिरुवा समेत रोपेका छन् ।

‘हामीलाई आयोजनाले बिरुवा नै रोप्नु नभनेका कारण नरोपिएको हो, तर स्थानीयले धेरैजसो ठाउँमा बिरुवा रोपेका कारण दृश्यमा पनि सुन्दर देखिन थालेको छ,’ उनले भने, ‘गाडी कुद्ने बाहेकको डेढ मिटरको ड्रेन छ, यो चैँ फुटपाथका रुपमा प्रयोग गरिनेछ ।’

उनका अनुसार फुटपाथमा पार्किङ गर्न पाइदैंन । पार्किङ प्रयोजनकै लागि भने उपयोग गर्न नपाइने उनको तर्क छ ।

रानी–विराटनगर–इटहरी–धरान निर्माणाधीन ६ लेन सडक राष्ट्रिय गौरवको आयोजना हो । हाल विभिन्न १७ ठाउँमा धमाधम काम भइरहेको सडक आयोजनाका इन्जिनियर उपेन्द्र दासले बताए ।

‘सोचेअनुसारको ठेक्कापट्टा नलाग्दा धेरै ठाउँमा समयमै सम्पन्न हुन सकेको छैन, केही ठाउँमा ढिलोगरी काम सुरु भयो’ दासले भने, ‘धरानको तीनकुनेसम्ममा हामीले ७९।८० सालभित्रममा सक्ने लक्ष्य राखेर काम अघि सारेका छौँ ।’

उनका अनुसार विराटनगरको रानीदेखि धरानको तीनकुनेसम्म अहिले ४४ किलोमिटर सडकको काम भइरहेको छ ।

Tags: #६ लेन सडकटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन
विविध

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

by रासस
साउन २७, २०८३
0

इलाम : यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३ मा रु १४ करोड ६३ लाख ९६ हजार १४४ राजस्व...

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण
FEATURE BREAKING

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

by रासस
साउन २७, २०८३
0

धनकुटा : यहाँस्थित भेडेटारमा सञ्चालित ‘स्काइ वाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ । पारदर्शी सिसामाथि...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३
कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

कोशीले संघीय सरकारसँग कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय उठाउने

साउन २६, २०८३
पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

पौवादुङमा–हतुवागढी जोड्ने पिखुवा खोलामा बेलिब्रिज, अरुण करिडोरसँग जोडिने

साउन २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

साउन २७, २०८३
भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

भेडेटार स्काइ वाकमा भारतीय पर्यटकको आकर्षण

साउन २७, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

साउन २६, २०८३
स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

स्वास्थ्य सेवामा इटहरी उपमहानगरपालिकाको पहल : नोबेलमा उपचार गर्दा २० प्रतिशतसम्म छुट

साउन २६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    634 shares
    Share 254 Tweet 159
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    467 shares
    Share 187 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    444 shares
    Share 178 Tweet 111

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.