Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

यसकारण कांग्रेस इटहरी नगरसभापतिमा मेरो उमेद्वारी : विकास केसी

अन्तर्वार्ता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ३१, २०७८
in अन्तर्वार्ता, टाकुरा विशेष, विविध, समाचार
0
यसकारण कांग्रेस इटहरी नगरसभापतिमा मेरो उमेद्वारी : विकास केसी
575
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाली कांग्रेस इटहरीको १४ औँ अधिवेशन यही असोज ९ गते तय भएको छ । यो सँगै नगरसभापति पदका लागि इटहरीका प्रभावशाली नेता विकास केसीले उमेद्दारी दिएका छन् ।

२०३६ चैत्र ३० गते तेह्रथुमको पिप्लेमा जन्मिएका केसीले २०५२ सालदेखि इटहरीबाट राजनीतिक यात्रा सुरु गरे । २०४७ सालमा इटहरी बसाईँसराईँको क्रममा आएपछि र समयक्रम बुझ्दै गएपछि उनले २०५२ सालमा नेविसंघको सदस्यता राजनीतिक यात्रा सुरु गरे।

२०५७ सालमा जनता बहुमुखी क्याम्पसमा स्ववियू सदस्य, ०५९ मा स्ववियू सह–सचिव, ०६१ मा स्ववियू उप–सभापति, ०६२ मा नेविसंघ जिल्ला सभापति हुँदै २०७३ सालमा नेविसंघको केन्द्रीय उप–सभापतिमा कुशल नेतृत्व गरेका उनी हाल नगरसभापति पदका लागि उमेद्दारी दिएका छन् ।

इटहरीका थुप्रै सामाजिक संघ संस्थामा पनि अब्बल रुपमा नेतृत्वको भूमिका सम्हालिसकेका केसी आगामी नगर अधिवेशनबाट इटहरी कांग्रेसको नेतृत्व लिने दौडमा छन् । उनै केसीसँग टाकुरा न्यूजले चुनावी तयारीबारे गरेको कुराकानीको सारांश –

चुनावको मिति नजिकिदैँ जाँदा तयारी कसरी गरिरहनुभएको छ ?

नेपाली कांग्रेस इटहरीको १४ औं अधिवेशन यही असोज ९ गते हुन गइरहेको छ । मैले पनि सभापति पदमा उम्मेद्वरी दिएको छु । एक वर्ष अगाडि नै चुनावको कार्यतालिका निस्किएपनि विविध कारणले चुनाव हुन सकेको थिएन । कांग्रेसका आस्थावान साथीहरूलाई मैले एक वर्ष अगाडि नै तयारी गरेको सबैलाई थाहा थियो । त्यसबेलादेखि नै सबैलाई मत मागिरहेको छु ।

सधैँ क्रियाशिल सदस्यहरुले मत गर्ने प्रक्रिया भएपनि यसपटक फरक ढंगको चुनाव हुने भएकाले क्षेत्रीय प्रतिनिधिहरूले मत हाल्ने व्यवस्था छ । क्षेत्रीय प्रतिनिधि भनेको पनि क्रियाशिलबाटै चुनिएका भएकाले नेता नै हो, अब नेताले नेता चुन्ने बेला आएको छ । अहिले सबै वडाका क्षेत्रीय प्रतिनिधिहरूसँग मत माग्ने काम गरिरहेको छु ।

विशेषतः चुनावी बेला मात्रै कार्यकर्ता भेट्ने प्रथा पनि छ नि ?

मेरो चैं के छ भने मान्छेहरूलाई प्रलोभनमा पार्ने र चुनावी अभियानमा मात्रै भेट्ने भन्ने छैन । म यसअघि पनि नगरसभापति पदमा उपविजेता भएपनि पार्टीको लागि सदाबहार नेतृत्व गरिरहेको छु । पदीय हिसाबमा जिम्मेवारी नभएपनि मैले कांग्रेस पार्टीमा रहेर योगदान गरेको सबैले मूल्यांकन गरिरहनुभएको छ । विकास केसी स्वार्थको लागि मात्रै नेतृत्व गर्ने नेता होइन ।

कांग्रेसको समस्यामा चिन्तित र गम्भीर भएर नेतृत्व गर्न सक्छ भन्ने सबैले बुझिसक्नुभएको छ । अब नगरमा कांग्रेसलाई कसरी विजयी गराउन सकिन्छ भनेर लागिपर्ने प्रतिवद्वता व्यक्त गर्दछु ।

१३ औं महाधिवेशनमा पनि उठ्नुभएको थियो, यसपटक पनि उठ्नुको कारण ?

अब के छ भने राजनीतिमा हार, जीत हुन्छ । हारलाई स्वीकार गरेर हिड्नु नै जीत हो । त्यसबेला विद्यार्थी पोल्टिक्समा विद्यार्थीको मुद्दा लिएर हिड्ने भएकाले मैले कांग्रेस पार्टीका क्रियाशिलहरुसँग नजिकबाट साथ दिन सकिरहेको थिईँन ।

सँगै नेविसंघको केन्द्रीय उपसभापति पदमा पनि एक कार्यकाल नेतृत्व गरिसकेका कारण केन्द्र तहका नेताहरूसँग छलफल गरि जनताको समस्या हल गर्ने काम गरेको छु । त्यसबेला चुनावी तयारी पूरा थिएन, अहिले तयारी पूर्ण छ । सबैसँग संवाद भएको छ । त्यसैकारण पनि एकपटकका लागि मेरो उमेद्वारी हो ।

एकपटकका लागि उमेद्वारी भन्ने तर पटक–पटक चुनावी मैदानमा होमिने प्रथा पनि विद्यमान छ, तपाईं कति कार्यकाल नगरसभापति चलाउने ?

म नगरसभापति एक कार्यकाल चलाउने हो । हामी जस्ता युवाहरूले नेतृत्व जाम गर्नुहुँदैन भन्ने बुझाई छ । हामी भविष्य बोकेको मानिस भएकाले माथिल्लो तहसम्म राजनीति गर्ने हो, राष्ट्रिय राजनीति गर्नका लागि पनि मेरो एकपटक कार्यकाल रहन्छ । मेरो राजनीतिक लक्ष्य भनेकै केन्द्रसम्म भएकाले एक कार्यकाल मात्रै नगरसभापति चलाउने तयारी गरिरहेको छु । वर्तमान सभापति हेमकर्ण पौडेल दुई कार्यकाल नेतृत्व पदमा बसेका कारण अब पनि उहाँले इटहरी नगर नै रुगेँर बस्न हुँदैन । प्रभावशाली नेता हो उहाँ (हेमकर्ण) । सभापति लड्ने अधिकार त छ, तर क्षेत्र, जिल्ला हुँदै उहाँ माथिल्लो तहसम्म पुग्ने मानिस हो, नेतृत्वले कांग्रेसको आवाज पनि सुन्नुपर्छ ।

किन तपाईंलाई नै मत हाल्ने ?

इटहरी कांग्रेसले परिवर्तन खोजेको छ । वर्तमान सभापति ज्यू ले तेस्रो कार्यकाल ओगट्न लाग्दा कांग्रेसीहरूले परिवर्तन खोजेका छन् । हामीले संस्थागत रुपमा कुनै निर्णय गर्नै सकेका छैनौँ । वर्तमान नगर समितिले आवश्यक निर्णय गरेकै छैन ।

कोभिडको बेला राहत वितरण गर्दा इटहरी उपमहानगरपालिकाले त्यसको हिसाब अहिलेसम्म दिन सकेको छैन, कांग्रेसले त्यसको हिसाब माग्न खोई सकेको ? भ्रष्टाचारले व्याप्त छ उपमहानगरपालिका, त्यसको प्रतिकार गर्न सकेको खोई ? हामीले आवाज उठाउन नसक्दा पनि कांग्रेस कमजोर भयो । कांग्रेसको विधान अनुसार प्रत्येक एक वर्षमा भेला हुनुपर्ने थियो, दस वर्षमा पनि नगर भेला भएको छैन ।

कांग्रेसलाई साह्रोगाह्रो पर्दा एक हुने, र अन्य सबै समस्याको समाधान विकास केसीबाट मात्रै हल हुन्छ । प्रत्येक एक वर्षमा नगर भेला हुन्छ । अहिले १७ नम्बर वडाका प्रतिनिधिलाई ३ नम्बर वडाका कांग्रेसीहरूले नचिन्ने अवस्था छ, यसको सबै समस्या भनेको वर्तमान नेतृत्वले एकपटक पनि नगर भेला गर्न नसक्नु हो । यसपटक मलाई मत दिनुभएको अवस्थामा जस्तोसुकै परिस्थितिमा पनि नेतृत्व गर्ने प्रतिवद्वता गर्दछु । यसैकारण पनि मलाई मत दिनुपर्छ ।

अन्त्यमा केही ?

मेरो कार्यकालमा इटहरी कांग्रेसले दुईतलासम्मको आफ्नै पार्टी अफिस पाउँछ । यो काम मेरो नेतृत्वमा हामी गर्छौँ ।

सबैलाई तेरोमेरो नभनी, काखापाखा नगरी, गुट, उपगुट नभनी कांग्रेस एक भएर अगाडि बढ्नेछौँ । आज मत नमिल्ला तर भोलि मन मिल्छ । कांग्रेस एकढिक्का बनाएर सबैले गौरव गर्ने पार्टी बनाउँछु ।

इटहरी कांग्रेसलाई संस्थागत बनाउने । प्रत्येक वर्ष उठ्ने क्रियाशिलको विवाद संवादबाट समाधान गर्ने तथा पहुँचबिहीन नागरिकका लागि नेतृत्व गर्ने काम गर्नेछु । अब उपमहानगरपालिकाका सबै वडा तथा मेयर, उपमेयरको पदमा विजयी गराउनका लागि अहोरात्र खटिनेछु ।

यो पनि – इटहरी कांग्रेसको नेतृत्व लिने दौडमा विकास केसी, भन्छन्, ‘राजनीतिलाई समाजसेवा बुझेको छु, व्यवसाय होइन’

Tags: #इटहरी#कांग्रेस#नेपाली कांग्रेस#विकास केसीकांग्रेस १४ औं महाधिवेशन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
समाचार

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
समाचार

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका एक बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक प्रवेश तथा...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.