Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

‘राजनीतिलाई व्यवसायको रुपमा होइन, समाजसेवाको रुपमा हेरेको छु’ : विकास केसी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २६, २०७७
in टाकुरा विशेष, विविध, समाचार
0
‘राजनीतिलाई व्यवसायको रुपमा होइन, समाजसेवाको रुपमा हेरेको छु’ : विकास केसी
2.6k
SHARES
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी फागुन ७, ८ र ९ गते गर्ने निर्णय भएसँगै अहिले नेताहरु दौडधुपमा व्यस्त छन् ।

कोही कार्यकर्ता फकाउँन व्यस्त छन् भने कोही कार्यकर्ताको मन जितेर आँफू चुनावी प्रतिष्पर्धामा बिजयी हुने निश्चित भएर बसेका छन् ।

देशैभरीका नगरमा पनि आगामी पुष ८ गते नगर अधिवेशन हुने भएकाले नेताहरुलाई भ्याईनभ्याई रहेको छ ।

यसैबीच नेपाली कांग्रेस इटहरीका प्रभावशाली नेता विकास केसी पनि इटहरी कांग्रेसको नेतृत्व लिनका लागि आफ्नो उमेद्धारी पक्का रहेको बताउँछन् । नेपाल विद्यार्थी संघको निवर्तमान केन्द्रीय उप–सभापति समेत रहेका केसी पनि अहिले महाधिवेशन नजिकिएसँगै दौडधुपमा व्यस्त छन् ।

२०३६ चैत्र ३० गते तेह्रथुमको पिप्लेमा जन्मिएका केसीले २०५२ सालदेखि इटहरीबाट राजनीतिक यात्रा सुरु गरे ।

‘२०४७ सालमा इटहरी बसाईँसराईँको क्रममा आएपछि र समयक्रम बुझ्दै गएपछि नै मलाई राजनीति गर्ने इच्छा जागेको हो,’ उनले भने, ‘अहिलेसम्मको राजनीति यात्रामा विद्यार्थीको मात्रै नभई आम सर्वसाधारणको मन जितेको छु भन्ने लाग्छ ।’

२०५२ सालमा नेविसंघको सदस्यता लिएपछि उनी २०५७ सालमा जनता बहुमुखी क्याम्पसमा स्ववियू सदस्य भए । ०५९ मा स्ववियू सह–सचिव, ०६१ मा स्ववियू उप–सभापति, ०६२ मा नेविसंघ जिल्ला सभापति हुँदै २०७३ सालमा नेविसंघको केन्द्रीय उप–सभापति बनेका उनको विद्यार्थी राजनीतिक पृष्ठभूमी हो । केसीले विद्यार्थी राजनीति सँगै आफ्नो पार्टीको राजनीतिलाई पनि अगाडि बढाए ।

इटहरीका थुप्रै सामाजिक संघ संस्थामा पनि अब्बल रुपमा नेतृत्वको भूमिका सम्हालिसकेका केसी आगामी नगर अधिवेशनबाट इटहरी कांग्रेसको नेतृत्व लिने दौडमा छन् ।

केसी भन्छन्, ‘राजनीतिक हिसाबमा विभिन्न ठाउँमा कांग्रेस कार्यकर्ता र आम मानिसको मन जित्दै आएको छु, मत भन्दा पनि ठूलो कुरा त मन जित्नु नै हो रहेछ ।’ उनले यसअघि पनि नगरमा युवाले नेतृत्व गरेका कारण आगामी निर्वाचनबाट पनि युवाहरुले नै नेतृत्व लिनुपर्ने तर्क गरे ।

‘नगर समितिमा युवाहरुको खाँचो छ, मैले पनि अनुभव बटुलेकाले पनि चुनावी मैदानमा होमिएको छु,’ उनले टाकुरान्यूजसँग भने, ‘यसअघिको इटहरी नगर समितिको चुनावमा मैले मतमा हारेपनि पार्टीलाई संगठित र एकीकृत गर्न निरन्तर होमिएको छु ।’

उनले यसअघिको अधिवेशनमा इटहरी कांग्रेसको सभापतिको उमेद्धारमा पराजय भोगेको भएपनि पार्टीमा हरेक समयमा साथ दिएको र सेवाको भावले राजनीति गरेको केसीले सुनाए ।

‘मैले नेतृत्व गरेँ भने इटहरीमा हाम्रो संगठन एकढिक्का हुने काम गर्छु,’ उनले भने, ‘हामीजस्ता जुझारु युवाहरु मिल्यौँ भनेमात्र देश समृद्धिको बाटोमा अगाडि बढ्छ ।’ उनले आगामी अधिवेशन सर्वसम्मत रुपमा हुनुपर्ने र गुट–उपगुटको अन्त्य हुनुपर्ने जोड दिदैँ भने, ‘मेरो नेतृत्वमा आगामी स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावमा बिजयी गराउँने मात्र नभई युवाहरुलाई संगठित गर्दै लैजाने छु ।’

उनले पार्टीमा आँफूले बीस बर्षभन्दा लामो राजनीति गरेर अग्रणी भूमिका निर्वाह गर्दै आएकाले पनि आगामी समयबाट नेतृत्व लिने पक्का रहेको दाबी गरे । ‘आदीबासी, गरिब र युवा विद्यार्थीसँग हातेमालो गर्दै आजको राजनीति तय गरेको हुँ,’ केसी सुनाउँछन्, ‘इटहरीबासीलाई सहि, असल नेतृत्व हुने आवास दिलाउँनेछु ।’

उनले आँफूले पार्टीको केन्द्रबिन्दुमा मात्रै नभई सबैका लागि आँफू आशाको केन्द्रबिन्दु बन्नका लागि पनि नेतृत्वको आकांक्षी रहेको बताए । ‘अहिलेसम्म मेरो राजनीति यात्रा समग्र इटहरीको विकासका लागि नै थियो,’ उनले टाकुरासँग भने, ‘आगामी दिनमा पनि म यहाँको विकासका लागि अग्रणी रुपमा भूमिका निर्वाह गर्नेछु ।’ केसी विद्यार्थी र कार्यकर्तामाझ मात्र नभई सिंगो इटहरीका लागि लोकप्रिय नेताका रुपमा परिचित छन् ।

उनले आँफूले अहिलेसम्म राजनीतिलाई व्यवसायको रुपमा भन्दा पनि सेवाको रुपमा लिएको बताए । भने, ‘मैले राजनीतिलाई व्यवसाय भन्दा पनि समाजसेवाको रुपमा हेरेको छु, देश बनाउँनका लागि युवाहरुको भूमिका भएकाले हामी सचेत छौँ ।’

उनले व्यक्तिको भन्दा पनि विधिको शासन मान्ने कांग्रेस पार्टी रहेकाले अहिले सरकारले गरेका कामहरुप्रति जनतामा असन्तुष्टि छाएको तर्क गरे । ‘सरकार भ्रष्टाचारमा लिप्त भएको छ, अबको नेतृत्व कांग्रेसले गर्नुपर्छ,’ उनले भने, ‘नेतृत्व लिन्छु भन्नेले जागीर खाएर होइन, समाजसेवाको रुपमा लिनुपर्छ ।’

उनले आँफूले पार्टीलाई र जनतालाई दिने समय प्रयाप्त रहेकाले पनि आँफू राजनीतिमा सक्रिय रहेको तर्क गरे ।

उनले आँफूहरु लोकतन्त्रको विधि मान्ने भएकाले पार्टीमा गुट–उपगुट हुन नहुने बताउँदै पार्टीलाई आफ्नो सहयोग जहिल्यै रहेकाले अब जनताको सेवा गर्नका लागि राजनीति गरेको बताए ।

‘हामी एकढिक्का हुनुपर्छ,’ उनले भने, ‘सर्वसम्मत हिसाबमा चुनाव भयो भने सबैको लागि राम्रो हुन्छ ।’

आगामी महाधिवेशनबाट इटहरी कांग्रेसको नेतृत्व लिनका लागि विकास केसी, शिवराज दाहाल, प्रकाश बस्नेत र कोबितजंग कार्की आकांक्षीका रुपमा रहेका छन् ।

उनीहरु चारैजना आकांक्षी रहेपनि कार्यकर्ताले भने सर्वसम्मत रुपमा नेतृत्व चयन हुनुपर्ने माग गर्दै आएका छन् ।

Tags: #विकास केसी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
FEATURE BREAKING

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
समाचार

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका एक बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक प्रवेश तथा...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.