इटहरीमा आज एकैदिन १३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
इटहरी अस्पतालका इमर्जेन्सी इन्चार्ज रामकुमार धमलाका अनुसार विभिन्न वडाका १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
‘२१ गते पछाडि गरिएको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो,’ उनले टाकुरासँग भने, ‘२५ गते वीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।’
उनका अनुसार १० जना पुरुष र तीन जना महिला रहेका छन् ।
उनीहरु कति कति वडाका रहेको भन्नेबारे खुल्न बाँकी रहेको उनको भनाई थियो ।
यो सँगै इटहरीमा ४५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।














Discussion about this post