Saturday, April 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

Exclusive : इटहरीकी उपमयेरको गम्भीर अभिव्यक्ति : पुराना कर्मचारी निकालेर सेटिङमा नयाँ राख्ने तयारी थियो … (भिडियोसहित)

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
भदौ १२, २०७७
in टाकुरा विशेष, समाचार
0
Exclusive : इटहरीकी उपमयेरको गम्भीर अभिव्यक्ति : पुराना कर्मचारी निकालेर सेटिङमा नयाँ राख्ने तयारी थियो … (भिडियोसहित)

इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम ।

3.6k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले दिएको गम्भीर अभिव्यक्तिको भिडियो सार्वजनिक भएको छ ।

शुक्रबार सामाजिक सञ्जालमा एउटा भिडियोमा सबै आफ्ना मान्छे राख्ने भनेको भिडियो भाइरल भएको छ । भिडियोमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कृष्ण चापागाईँलाई आफ्ना मान्छे नियुक्त गर्न दबाब दिएको सुनिन्छ ।

उपमेयर गौतमले भनेकी छिन् – ‘पुराना कार्यालय सहयोगी निकाल्ने र सेटिङमा सबै नयाँ मान्छे राख्ने तयारी थियो ।’

उनले दुःख गरेका पुराना कर्मचारीको पक्षमा हाकिमसँग कुरा गरेको र अन्य सबै आफ्नो मान्छे सेटिङमा हाल्ने तयारी भएको बताएको स्क्रिन सर्ट समेत टाकुरान्यूजसँग सुरक्षित रहेको छ ।

उपमेयर गौतमकै कारण केही समय अगाडि इटहरी उपमहानगरपालिकामा कार्यरत बरिष्ठ इन्जिनियर अर्जुन दाहाल सँगै अन्य केही कर्मचारीले समेत राजीनामा दिएका थिए । अन्य करारमा रहेका कर्मचारीहरुलाई पनि भ्रष्ट्राचारको आरोपमा निकाल्दै आफ्नो मान्छे नियुक्त गर्ने गरेको पोल समेत यसअगाडि खुलेको थियो ।

उपमेयर गौतमले भनेको मान्छे नियुक्त नगर्दा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कृष्ण चापागाईँको करीब दुई महिनामै सरुवा भएको थियो ।

‘….मेरो कुरा त्यो हो, ती मान्छे परेनन् भने … कसरी नियुक्त हुन्छ पर्नुपर्यो, अब परेनन् भने मैले पनि के गर्नुपर्छ ।’ उपमेयर गौतमले धम्कीको शैलीमा भनेकी छिन् ।

जवाफमा प्रमुख प्रशासकीय अधिकृत चापागाईँले भनेका छन् – ‘त्यो त कानुन सम्बत हुन्छ नि हजुर, हामीले पनि गर्ने होईन ।’

त्यति भनिसकेपछि प्रमुख प्रशासकीय अधिकृतको कुरै नसुनी गौतम कार्यकक्षबाट बाहिर निस्कन्छिन् ।

गौतमले यसअघि पनि आँफूलाई कर्मचारीले नटेर्ने, नपत्याउने गरेको मिडियामा खुलेरै गुनासो गर्दै आएकी थिईन् ।

यहाँ प्रमुख प्रशासकीय अधिकृतले कानुन सम्बत हुने कुरा व्यक्तिगत कारणले कर्मचारी नियुक्त गर्न नमिल्ने कुरा बताउँदा उपमेयरले धम्कीको शैलीमा बोलेकी थिईन् ।

रातारात अन्तर्वार्ताको समय तालिका परिवर्तन

इटहरी उपमहानगरपालिकाले ०७६।०६।०१ गते एक राष्ट्रिय पत्रिकामा प्रकाशित विज्ञापन नं. १०।०७६।०७७ पद कार्यालय सहयोगी र विज्ञापन नं. ५।०७६।०७७ सहायक कम्प्युटर पदको लागि आवश्यक कर्मचारीको विज्ञापन प्रकाशन गरेको थियो ।

०७६ चैत्र ६ गतेदेखि चैत्र १७ गतेसम्म अन्तर्वार्ताको परीक्षा मिति तोकेको भएपनि चैत्र ६ गते एक सूचना जारी गर्दै कोरोना भाइरसका कारण उल्लेखित पदको लागि समय तालिका परिवर्तन गरी अन्तर्वार्ता सञ्चालन गर्ने निर्णय भएबमोजिम जानकारीका लागि भन्दै सूचना प्रकाशित गरिएको थियो ।

रातारात अन्तर्वार्ताको समय तालिका परिवर्तन गरिएको सूचना ।

०७६।१२।०६ गते चलानी नं. ३३१४ मा सहायक कम्प्युटर र कार्यालय सहयोगी पदको लागि अन्तर्वार्ता परीक्षाको समय तालिका परिवर्तन गरिएको सम्बन्धमा भनेर उपमहानगरपालिकाले सूचना जारी गरेको थियो ।

त्यो समयमा प्रमुख प्रशासकीय अधिकृत चापागाईँ नै रहेका थिए । त्यतिबेला सेटिङमा कर्मचारी नियुक्ती गर्न नपाएपछि झण्डै एक बर्ष अगाडि प्रकाशित भएको विज्ञापनका लागि आवश्यक कर्मचारी अहिलेसम्म नियुक्त भएका छैनन् ।

१८ जना कर्मचारी राख्ने तयारी भएपनि अहिलेसम्म कुनै पनि कर्मचारी नियुक्त भएका छैनन् ।

सूचनामा दुईजना कम्प्युटर अपरेटर र बाँकी १६ जनालाई कार्यालय सहयोगी राख्ने तयारी भएको जनाईएको छ ।

स्रोतका अनुसार अन्तर्वार्तामा बोलाईएका १६ जना कार्यालय सहयोगीले भने लिखित परीक्षा नै नदिएको समेत खुलेको छ ।

करारमा रहेका अन्य कर्मचारीलाई भने निकालेर सेटिङमा अरु कर्मचारी नियुक्ती गर्ने तयारी गरिएको भएपनि उपमेयर गौतमको त्यो योजना सफल हुन सकेको छैन ।

यो सूचना प्रकाशित भएपछि इटहरीमा तीनजना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।

रातारात अन्तर्वार्ताको समय तालिका परिवर्तन गरिएको सूचना ।

यस बिषयमा उपमेयर गौतमलाई टाकुरान्यूजले फोन सम्पर्क गरी बुझ्दा त्यो बिषय केही पनि नभएको प्रतिक्रिया दिईन् । उनले भनिन्, ‘त्यो केही होइन, चार पाँच महिना अगाडिको कुरा हो । मैले पुराना मान्छे निकाल्न पाउनुहुन्न भनेकी हुँ ।’

उनले काम गरिराखेका कर्मचारी निकाल्न नपाईने हाकिमलाई बताएपनि हाकिमले नै उल्टै सेटिङमा कर्मचारी फेरबदल गर्न लागेको आरोप लगाईन् ।

‘केही कर्मचारी चिटिङ गर्न लागेका रहेछन्, मैले खुल्ला प्रतिष्पर्धाबाट आउनुपर्छ भनेकी हुँ,’ उनले भनिन्, ‘पुराना मान्छे निकाल्न पाउनुहुन्न भनेर हाकिमलाई भनेकी हुँ, त्यो भिडियो इडिट गरेर बनाएका रहेछन् ।’

यो सुन्नुहोस् ।

(टाकुरा न्यूजसँग उपमेयरले दिएको गम्भीर अभिव्यक्ति : सेटिङमा सबै नयाँ मान्छे राख्ने तयारी थियो । सुरक्षित रहेको छ ।)

Tags: #itaharilaxmigautam
विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित
भिजिट नेपाल

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

by रासस
बैशाख ५, २०८३
0

ताप्लेजुङ : जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ । मौसम अनुकूल बन्दै जाँदा...

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 
FEATURE BREAKING

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

इटहरी : सुनसरीको दुहबीबाट उत्पादन हुँदै आएको ‘गुडलाइफ’ ब्रान्डअन्तर्गतको ‘डाइजेस्टिभ नट्स’ बिस्कुटमा रौँ भेटिएको छ । जसकारण नियामक निकायले उद्योगलाई २...

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

बैशाख ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

बैशाख ५, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा काँचो केरासहित चार जना नियन्त्रणमा

बैशाख ५, २०८३
इटहरी गोल्डकप : मछिन्द्रलाई पराजित गर्दै युवा समाज फाइनलमा

इटहरी गोल्डकप : मछिन्द्रलाई पराजित गर्दै युवा समाज फाइनलमा

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३
विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

बैशाख ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1254 shares
    Share 502 Tweet 314
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    464 shares
    Share 186 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.