इटहरी उपमहानगरपालिकामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।
आज एकैदिन इटहरी उपमहानगरपालिकामा ५८ जनामा कोरोना भाइरस संक्रमण भएको इटहरी अस्पतालका इमर्जेन्सी शाखाका इन्चार्ज रामकुमार धमलाले पुष्टि गरे ।
‘हामीलाई पनि भर्खरै ५८ जनाको रिपोर्ट पोजेटिभ भनेर जानकारी आयो,’ उनले टाकुरान्यूजसँग भने, ‘वडागत विवरणको रिपोर्ट स्वास्थ्य शाखाले रुजु गर्दैछ ।’
उनका अनुसार कुन वडामा कति संक्रमित थपिए भन्नेबारेमा केही बेरमा विज्ञप्ती सार्वजनिक गरिनेछ ।














Discussion about this post