Wednesday, September 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

ईलामको ओशो डिभाइन सेन्टरमा युवाहरूको आकर्षण बढ्दो, गुरु भन्छन्, “तपाईंसँग रहने कला सिक्न आवश्यक छ”

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०७७
in टाकुरा विशेष, समाचार
0
ईलामको ओशो डिभाइन सेन्टरमा युवाहरूको आकर्षण बढ्दो, गुरु भन्छन्, “तपाईंसँग रहने कला सिक्न आवश्यक छ”
322
SHARES
Share on FacebookShare on Twitter

ईलाम : ईलाम पर्यटकहरुका लागि प्रख्यात ठाउँ हो ।

घुम्न आउनेहरू यहाँको प्राकृतिक वातावरणले मोहित हुन्छन् । तर, पछिल्लो समय लकडाउनका कारण ईलाममा पर्यटकको अवस्था ठप्प छ ।

स्थानीय तथा बाह्य पर्यटकहरुको आवागमन नभएपनि ईलामको हर्कटेमा रहेको ओशो डिभाइन सेन्टर (ध्यान केन्द्र) मा अहिले युवाहरूको आकर्षण बढ्दो छ ।

ओशो डिभाइन सेन्टरका सन्चालक तथा ध्यान गुरु केवल उप्रेती (स्वामी विकास) भन्छन्, “तपाईंसँग तपाईं रहने कला नै ध्यान हो, आफ्नै स्वभावमा रहने कला तपाईंले सिक्न आवश्यक छ ।”

उनले पछिल्लो समय मानिसहरू तनावमा गुज्रिरहेकाले तनावरहित हुनका लागि ध्यान बाहेक अरु केही बिकल्प नरहेको उनी बताउँछन् ।

ओशो मेडेटेसन सेन्टर, ईलाम ।

“तपाईं जहाँ आनन्दित हुनुहुन्छ, त्यही नै जिन्दगी हो,” उनले टाकुरासँग भने, “आफ्नो अस्तित्वसँग जोडिने कला सिक्नुपर्ने आवश्यक छ, त्यसका लागि अध्यात्मदेखि बाहेक केही विकल्प छैन ।”

करीब ६ बर्ष अगाडि स्थापना भएको ध्यान केन्द्रमा आएर ध्यान गर्ने मानिसको स्वभाव परिवर्तन हुने उनको तर्क छ ।

“तनावको युगमा यहाँ आउँदा आफैंलाई भेट्टाइछ, हाँस्दै, खेल्दै, नाच्दै आफ्नो जीवन चिन्न सकिन्छ । ध्यान भनेको आँखा चिम्लिने मात्र होइन ।” उनले सुनाए ।

गुरु केवल उप्रेती

उनले यहाँ आएर जानेहरुले आफ्नो जीवनमा सकारात्मक परिवर्तन गर्ने बताए ।

“छोड्नु समस्याको समाधान होइन, म्यानेज गर्नु चैँ समाधान हो” उनले भने, “सबै चिज हामीलाई चाहिन्छ, हामीलाई चाहिने मुख्य कुरा खुशी हो ।”

ध्यानको आश्रममा आउनेहरूले समाज भन्दा भिन्न माहोल महसुस गर्ने उनले बताए ।

“हमेसा आनन्दित हुने मानिसलाई धनी गरिबको मत्लब हुँदैन,” उनले भने, “तर ध्यान नगर्ने र स्थिर नरहने मानिसलाई पैसा भएपनि, नभपनि तनाव नै भइरहन्छ ।”

१२ बर्षको उमेरमै सन्यास लिएकि जेसीका उप्रेती भन्छिन्, “ओशो डिभाइन सेन्टरमा आउनेहरू केही भिन्न भएर जान्छन् ।” यहाँ जात, धर्म, लिङ्गको कुरा नहुने र पारिवारिक वातावरणमा बसाई रहने उनले सुनाइन् ।

“समाजले हामीलाई जतिबेलै जजमेन्ट गरिरहेको हुन्छ, यहाँ भने खुलेर रुन, हाँस्न पाइन्छ,” उनले टाकुरासँग भनिन्, “आफ्नो दु:ख खुलेर पोख्ने ठाउँ पनि हो यो । मेडिटेसन सेन्टर भनेको तनाव भएपछि आउने हो भन्ने बुझाइ छ । तर, तनावमा मात्र आउनुभन्दा पनि खुसीमा पनि आउने ठाउँ हो यो ।”

Tags: #ilam#paryatan#visitnepal
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

सुनसरी–मोरङसहित चार जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज ६, २०८३
0

इटहरी । कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न आठ जनालाई पक्राउ गरेको छ। प्रहरीले असोज ५...

विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…
समाचार

पाैने दुई क्वीन्टल गाँजासहित एकजना पक्राउ

by माधव पोख्रेल
अशोज ६, २०८३
0

उदयपुर । उदयपुरको कटारी नगरपालिकास्थित जिल्ला प्रहरी कार्याल उदयपुर मातहतको इलाका प्रहरी कार्यालय कटारीले सोमबार साँझ साढेसात बजे १ सय...

आज अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस

प्रतिबन्धित लागू औषधसहित १ थान मोटरसाईकल बरामद

अशोज ६, २०८३
उदयपुरमा एम्बुलेन्सको भाडादर निर्धारण, कहाँकाे भाडा कति ?

उदयपुरमा एम्बुलेन्सको भाडादर निर्धारण, कहाँकाे भाडा कति ?

अशोज ६, २०८३
धरानमा गुञ्जिँदै ९० को दशकका सांगीतिक सम्झना

धरानमा गुञ्जिँदै ९० को दशकका सांगीतिक सम्झना

अशोज ६, २०८३
इटहरीमा शान्ति र जलवायु न्यायबारे नागरिक संवाद

इटहरीमा शान्ति र जलवायु न्यायबारे नागरिक संवाद

अशोज ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी–मोरङसहित चार जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ

अशोज ६, २०८३
विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…

पाैने दुई क्वीन्टल गाँजासहित एकजना पक्राउ

अशोज ६, २०८३
आज अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस

प्रतिबन्धित लागू औषधसहित १ थान मोटरसाईकल बरामद

अशोज ६, २०८३
उदयपुरमा एम्बुलेन्सको भाडादर निर्धारण, कहाँकाे भाडा कति ?

उदयपुरमा एम्बुलेन्सको भाडादर निर्धारण, कहाँकाे भाडा कति ?

अशोज ६, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.