हाम्रो औपचारिक आधुनिक शिक्षाको इतिहास त्यति लामो छैन । जति पश्चिमा मुलुकहरुको छ ।
सन् १०८८ मा इटालीमा सुरु भएको बोलोनी युनिभर्सिटी कहाँ हाम्रो २० औं शताब्दीको त्रिभुवन विश्व विद्यालय औपचारिक शिक्षा प्रदान गर्ने हिसाबले हामी धेरै पछाडि रहको कुरा सत्य हो । फेरि पनि सूचना प्रविधि र पहुँचका कारण हामीलाई विश्व शिक्षाको अवस्था र चेतनाको ज्ञान लिन सजिलो भने पक्कै भएको छ ।
हामी सबैका आ–आफ्नै विशेषताहरु छन् । हाम्रा आ–आफ्ना कर्महरु छन् ।
मानिस भएर जन्मिएपछि आँफू, आफ्ना र समाजप्रतिको चेत र दायित्व हुन जरुरी छ । मानिसको सोच उसको चेतनाको विकासले दिने हो जस्ले उस्लाई हो÷हैन, सहि÷गलत, राम्रो÷नराम्रो प्रतिको दृष्टिकोणको एउटा परिधि बनाइदिन्छ ।
त्यही परिधिभित्र त यात्रा गर्छ संसार । चेतना अनुसारको दृष्टिकोण र सोही अनुसारको धारणा बनाउने हो हामीले । शिक्षा, चेतनाको निर्विवाद मुख्य स्रोत हो । र, शिक्षाको आधिकारिक एक संस्थाको शैक्षिक संस्था ।
चेतना, आवश्यकता र समयसंगै विश्व शिक्षाले अनेकौं फड्को मारिसकेको छ, मारिरहेको छ । शिक्षा ज्ञानका लागि हुनुपर्छ, शिक्षा आत्मनिर्भरताका लागि हुनुपर्छ, शिक्षा व्यवहारिक हुनुपर्छ, शिक्षा जीवनपयोगी हुनुपर्छ ।
हामीले बुझ्दै गरेको र दिदँै गरिएको शिक्षामायी सबै गुणहरु छन् त ? एउटा बच्चाले लिदै गरेको शिक्षामा के के हुनुपर्छ ? उस्ले के के सिक्नु पर्छ ?यसको लेखा जोखा हुन आवश्यक छ ।
एउटा अभिभावकको लागि उस्को छोराछोरी भनेको उस्को आशा हो, भविष्य हो । आफ्नो जीवनको महत्वपूर्ण लगानी उसैमाथि गरेको हुन्छ अभिभावकले । त्यसो हुँदा अभिभावकले आफ्ना छोराछोरीको भविष्य कस्तो बनाउने ? उस्लाई कसरी सहयोग गर्ने ? कस्तो शिक्षा दिने ? के विषय पढाउने ? यी सबै जान्न एकदमै जरुरी छ ।
शिक्षा मानिसको आधारभूत आवश्यकता हो । समयको छलाङसंगै जीवनोपयोगी प्राविधिक तथा व्यवसायिक शिक्षाको खाँचो टड्कारो भएर गएको छ । अझ हाम्रो जस्तो विकासशील मुलुकको लागि त झन अपरिहार्य छ । हाम्रो लागि त सिङ्गो देशको आर्थिक विकास र सम्बृद्धिको धरोहर हो व्यवसायिक शिक्षा । लाखौंको संख्यामा वैदेशिक रोजगारीमा रहेका अदक्ष युवा कामदार, सीपको अभावमा उद्यम गर्न नसकिरहको राष्ट्रिय युवाशक्ति (जो समुन्नत राष्ट्रका आधारशीला हुन्) सीपमुलक शिक्षाको अभावमा कम सेवा र सुविधामा जोखिमयुक्त काम गरिरहनु परेको छ ।
या त बेरोजगार भइ बस्नु परेको छ । यसैको आवश्यकतालाई मनन गरी पाठ्यक्रम विकास केन्द्रले परिमार्जित कोर्षमा कक्षा १२ मा जीवनोपयोगी शिक्षा विषयलाई अनिवार्य गरी कक्षा ११ र १२ मा होटल व्यवस्थापन, ट्राभल एण्ड टुरिजम, सिलाई तथा बुनाई, इन्टेरियर डिजाइनिङ जस्ता विभिन्न सीपमुलक विषयहरु समावेश गरी नयाँ पाठ्यक्रमको विकास गरेको छ । नेपाल सरकारले समेत ‘सुखी नेपाली, सम्बृद्ध नेपाल’ को नारा पूरा गर्ने एउटा पाटोको रुपमा हरेक स्थानीय तहमा एक व्यवसायिक शिक्षालय बनाउने भन्ने अवधारणा अघि सारेको छ ।
शिक्षाको उद्देश्य ज्ञान दिने त हो नै । त्यो भन्दा ज्यादा शिक्षाले जीवन पढाउनु पर्छ । विश्व, समाज र आफैँलाई चिन्न सक्ने बनाउनुपर्छ । आँफूले लिएको ज्ञान र पढेको विषयले आफ्नो जीवन सहज र सरल ढंगले ज्यूँन सक्ने सामथ्र्य विकास गर्नुपर्छ । विश्वका विकसित भनिएका देशहरुले लामो अध्यापनको अनुभवपछि प्राविधिक तथा व्यवसायिक शिक्षा नै आजको आवश्यकता हो भन्ने निश्कर्षमा पुगेर यसैमा लगानी गरिरहेको अवस्था छ ।
विदेश अध्ययनका लागि गएका विद्यार्थी कै अवस्था हेर्दा पनि प्राविधिक विषयहरुमा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरुलाई मात्र अधिकांश मुलुकहरुले अस्थाई वा स्थाई बसोबासको अनुमति दिइरहेको जगजाहेर छ ।
विश्व शिक्षाको यी यस्तै विकासक्रमहरुलाई हेरेर नै विगत ५ वर्षदेखि इटहरीमा रही स्कील क्याम्पसले समय सापेक्ष होटल व्यवस्थापन विषयको ११, १२ का कक्षा र अन्तरराष्ट्रिय विश्वविद्यालयको डिप्लोमा तहका कक्षा एकै पटक संचालन गरिरहेको छ । साथै, सिटिइभिटीका विभिन्न कोर्षहरु सूचारु रहेका छन् ।
स्कील क्याम्पसले इटहरीमै रहेर यस क्षेत्रमा अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गरिरहेको छ । जहाँबाट उत्पादित विद्यार्थीहरु विश्वका उत्कृष्ट अन्तराष्ट्रिय चेन होटलहरुका विभिन्न विभागमा रहेर आफ्नो व्यक्तित्व विकास तथाआर्थिक उपार्जन गरिरहेका छन् ।
हाल यहाँबाट दीक्षित भएका विद्यार्थीहरु न्यूजिल्याण्ड, माल्दिभ्स, कतार, दुबई साथै नेपाल, भारत लगायतका देशहरुमा काम गरिरहेका छन् ।
कक्षा १० पछिका विद्यार्थीहरुका लागि डिग्री सहित व्यवसायिक शिक्षा हाँसिल गरी आँफूलाई योग्य नागरिक बनाउने अवसर हुन सक्दछ ।














Discussion about this post