Thursday, September 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

जीवनपयोगी शिक्षा, दक्षता र स्कील क्याम्पस

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०७७
in टाकुरा विशेष, विचार
0
जीवनपयोगी शिक्षा, दक्षता र स्कील क्याम्पस
736
SHARES
Share on FacebookShare on Twitter

हाम्रो औपचारिक आधुनिक शिक्षाको इतिहास त्यति लामो छैन । जति पश्चिमा मुलुकहरुको छ ।

सन् १०८८ मा इटालीमा सुरु भएको बोलोनी युनिभर्सिटी कहाँ हाम्रो २० औं शताब्दीको त्रिभुवन विश्व विद्यालय औपचारिक शिक्षा प्रदान गर्ने हिसाबले हामी धेरै पछाडि रहको कुरा सत्य हो । फेरि पनि सूचना प्रविधि र पहुँचका कारण हामीलाई विश्व शिक्षाको अवस्था र चेतनाको ज्ञान लिन सजिलो भने पक्कै भएको छ ।

हामी सबैका आ–आफ्नै विशेषताहरु छन् । हाम्रा आ–आफ्ना कर्महरु छन् ।

मानिस भएर जन्मिएपछि आँफू, आफ्ना र समाजप्रतिको चेत र दायित्व हुन जरुरी छ । मानिसको सोच उसको चेतनाको विकासले दिने हो जस्ले उस्लाई हो÷हैन, सहि÷गलत, राम्रो÷नराम्रो प्रतिको दृष्टिकोणको एउटा परिधि बनाइदिन्छ ।

त्यही परिधिभित्र त यात्रा गर्छ संसार । चेतना अनुसारको दृष्टिकोण र सोही अनुसारको धारणा बनाउने हो हामीले । शिक्षा, चेतनाको निर्विवाद मुख्य स्रोत हो । र, शिक्षाको आधिकारिक एक संस्थाको शैक्षिक संस्था ।

चेतना, आवश्यकता र समयसंगै विश्व शिक्षाले अनेकौं फड्को मारिसकेको छ, मारिरहेको छ । शिक्षा ज्ञानका लागि हुनुपर्छ, शिक्षा आत्मनिर्भरताका लागि हुनुपर्छ, शिक्षा व्यवहारिक हुनुपर्छ, शिक्षा जीवनपयोगी हुनुपर्छ ।

हामीले बुझ्दै गरेको र दिदँै गरिएको शिक्षामायी सबै गुणहरु छन् त ? एउटा बच्चाले लिदै गरेको शिक्षामा के के हुनुपर्छ ? उस्ले के के सिक्नु पर्छ ?यसको लेखा जोखा हुन आवश्यक छ ।

एउटा अभिभावकको लागि उस्को छोराछोरी भनेको उस्को आशा हो, भविष्य हो । आफ्नो जीवनको महत्वपूर्ण लगानी उसैमाथि गरेको हुन्छ अभिभावकले । त्यसो हुँदा अभिभावकले आफ्ना छोराछोरीको भविष्य कस्तो बनाउने ? उस्लाई कसरी सहयोग गर्ने ? कस्तो शिक्षा दिने ? के विषय पढाउने ? यी सबै जान्न एकदमै जरुरी छ ।

शिक्षा मानिसको आधारभूत आवश्यकता हो । समयको छलाङसंगै जीवनोपयोगी प्राविधिक तथा व्यवसायिक शिक्षाको खाँचो टड्कारो भएर गएको छ । अझ हाम्रो जस्तो विकासशील मुलुकको लागि त झन अपरिहार्य छ । हाम्रो लागि त सिङ्गो देशको आर्थिक विकास र सम्बृद्धिको धरोहर हो व्यवसायिक शिक्षा । लाखौंको संख्यामा वैदेशिक रोजगारीमा रहेका अदक्ष युवा कामदार, सीपको अभावमा उद्यम गर्न नसकिरहको राष्ट्रिय युवाशक्ति (जो समुन्नत राष्ट्रका आधारशीला हुन्) सीपमुलक शिक्षाको अभावमा कम सेवा र सुविधामा जोखिमयुक्त काम गरिरहनु परेको छ ।

या त बेरोजगार भइ बस्नु परेको छ । यसैको आवश्यकतालाई मनन गरी पाठ्यक्रम विकास केन्द्रले परिमार्जित कोर्षमा कक्षा १२ मा जीवनोपयोगी शिक्षा विषयलाई अनिवार्य गरी कक्षा ११ र १२ मा होटल व्यवस्थापन, ट्राभल एण्ड टुरिजम, सिलाई तथा बुनाई, इन्टेरियर डिजाइनिङ जस्ता विभिन्न सीपमुलक विषयहरु समावेश गरी नयाँ पाठ्यक्रमको विकास गरेको छ । नेपाल सरकारले समेत ‘सुखी नेपाली, सम्बृद्ध नेपाल’ को नारा पूरा गर्ने एउटा पाटोको रुपमा हरेक स्थानीय तहमा एक व्यवसायिक शिक्षालय बनाउने भन्ने अवधारणा अघि सारेको छ ।

शिक्षाको उद्देश्य ज्ञान दिने त हो नै । त्यो भन्दा ज्यादा शिक्षाले जीवन पढाउनु पर्छ । विश्व, समाज र आफैँलाई चिन्न सक्ने बनाउनुपर्छ । आँफूले लिएको ज्ञान र पढेको विषयले आफ्नो जीवन सहज र सरल ढंगले ज्यूँन सक्ने सामथ्र्य विकास गर्नुपर्छ । विश्वका विकसित भनिएका देशहरुले लामो अध्यापनको अनुभवपछि प्राविधिक तथा व्यवसायिक शिक्षा नै आजको आवश्यकता हो भन्ने निश्कर्षमा पुगेर यसैमा लगानी गरिरहेको अवस्था छ ।

विदेश अध्ययनका लागि गएका विद्यार्थी कै अवस्था हेर्दा पनि प्राविधिक विषयहरुमा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरुलाई मात्र अधिकांश मुलुकहरुले अस्थाई वा स्थाई बसोबासको अनुमति दिइरहेको जगजाहेर छ ।

विश्व शिक्षाको यी यस्तै विकासक्रमहरुलाई हेरेर नै विगत ५ वर्षदेखि इटहरीमा रही स्कील क्याम्पसले समय सापेक्ष होटल व्यवस्थापन विषयको ११, १२ का कक्षा र अन्तरराष्ट्रिय विश्वविद्यालयको डिप्लोमा तहका कक्षा एकै पटक संचालन गरिरहेको छ । साथै, सिटिइभिटीका विभिन्न कोर्षहरु सूचारु रहेका छन् ।

स्कील क्याम्पसले इटहरीमै रहेर यस क्षेत्रमा अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गरिरहेको छ । जहाँबाट उत्पादित विद्यार्थीहरु विश्वका उत्कृष्ट अन्तराष्ट्रिय चेन होटलहरुका विभिन्न विभागमा रहेर आफ्नो व्यक्तित्व विकास तथाआर्थिक उपार्जन गरिरहेका छन् ।

हाल यहाँबाट दीक्षित भएका विद्यार्थीहरु न्यूजिल्याण्ड, माल्दिभ्स, कतार, दुबई साथै नेपाल, भारत लगायतका देशहरुमा काम गरिरहेका छन् ।

कक्षा १० पछिका विद्यार्थीहरुका लागि डिग्री सहित व्यवसायिक शिक्षा हाँसिल गरी आँफूलाई योग्य नागरिक बनाउने अवसर हुन सक्दछ ।

Tags: #itahari#skilcampus
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर
FEATURE BREAKING

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

by टाकुरा न्यूज । इटहरी
अशोज ७, २०८३
0

नेपाल प्राकृतिक विपद्का दृष्टिले जोखिमयुक्त मुलुकका रूपमा चिनिन्छ । बाढी, पहिरो, भूकम्प, डुबान, आगलागी, चट्याङलगायतका विपद्का कारण हरेक वर्ष ठूलो...

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा
टाकुरा विशेष

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

by अर्जुन उप्रेती
अशोज ४, २०८३
0

नेपालको हिमाल हाम्रो पहिचान मात्र होइन, यहाँका नदी, खानेपानी, कृषि, ऊर्जा, पर्यटन र लाखौँ मानिसको जीवनको आधार पनि हो ।...

मुखौटाभित्रको मान्छे  (कविता)

मुखौटाभित्रको मान्छे (कविता)

अशोज ३, २०८३
हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

अशोज १, २०८३
कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

अशोज १, २०८३

अब गाउँमा बाँकी को छन् ?

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीका पहाडी जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा राेक

कोशीका पहाडी जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा राेक

अशोज ८, २०८३
कांग्रेस इटहरीको सभापतिमा विकास केसी निर्विरोध निर्वाचित

कांग्रेस इटहरीको सभापतिमा विकास केसी निर्विरोध निर्वाचित

अशोज ८, २०८३
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

अशोज ७, २०८३
विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

अशोज ७, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.