Wednesday, August 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

एक पेट भर्ने चामल नहुँदा सुन्दरहरैँचाका अशोक दर्जीले प्राण त्यागे

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०७७
in टाकुरा विशेष, समाचार
0
एक पेट भर्ने चामल नहुँदा सुन्दरहरैँचाका अशोक दर्जीले प्राण त्यागे
224
SHARES
Share on FacebookShare on Twitter

इटहरी (डेस्क) : अहिले लकडाउनका कारण आम मानिस समस्यामा छन् । समस्यामा मात्रै नभई कतिले त प्राण त्याग नै गरिहरेका घटना पनि विद्यमान छ । सरकारले मजदूरी गरेर जीविकोपार्जन गर्दै आएकाहरुलाई आवश्यक सहयोग गर्न नसक्नु र बेरोजगारी भएर बसेकाहरुलाई आवश्यक रोजगारीको अवसर सृजना गर्न नसक्दा मृत्युका घटना बाहिरिदैँ आएका छन् ।

यसैक्रममा मोरङको सुन्दरहरैँचा १० का अशोक दर्जीले एक पेट चामल नहुँदा प्राण त्याग गर्न बाध्य भएको घटना यतिबेला समाजिक सञ्जालमा भाइरल देखिन्छ ।

लामो समयदेखि मजदूरी पेशा अंगाल्दै आएका दर्जीले कोरोना महामारीका कारण आँफूले काम गर्न नपाएको र परिवारको एक पेट भर्न नपाएपछि बाध्य भएर आफ्नो जीवन त्याग गरेका छन् ।

सुन्दरहरैंचा १० सुकुम्बासी बस्तीका ४७ वर्षीय दर्जीले भोकमारीको पीडा सहन नसकेर आफ्नै घरमा बुधबार आत्महत्या गरे । आफ्नो घरमा आवश्यक रकम चलाउन समस्या हुनु र खान लगाउन समेत मुस्किल भएका कारण दर्जीले आत्महत्या गरेका हुन् ।

वैदेशिक रोजगारीका लागि भारत गएकी अशोककी श्रीमती उतै अलपत्र अवस्थामा छिन् । विदेश पठाउने भन्दै दलालले श्रीमतीलाई दिल्ली पु¥याएका थिए । दिल्ली पुग्नेबित्तिकै लकडाउन सुरु भएकोले उनी दिल्लीमा अलपत्र परेकी छन् ।

मुलुकमा लकडाउन सुरु हुनुभन्दा केही समय अगाडि मात्रै उनले निर्माणको काम पाएका थिए । राम्रै गरी घरखर्च चल्दै आएपनि लकडाउन भएपछि परिवारमा खान लाउन अभाव भयो । सोही कारण उनले आफ्नो प्राण त्याग गर्नुपरेको सुन्दरहरैँचा वडा नं. १० का वडाध्यक्ष राजेन्द्रबहादुर थापाले जानकारी दिए ।

‘सुकुम्बासी बस्तीमा बस्दै आएका सामान्य परिवारका मानिस हुन्,’ वडाध्यक्ष थापाले टाकुरान्यूजसँग फोन सम्पर्कमा भने, ‘मजदूरी गरेर खान मानिस हुन्, उनको पारिवारिक ब्याकराउण्ड त थाहा छैन, तर खानै नपाएर मर्ने कुरा त थिएन ।’

थापाका अनुसार दर्जीका चार सन्तान छन् । २१, १७ र १५ बर्षीया छोरी तथा १३ बर्षका एक छोरा रहेका छन् । २१ बर्षीया छोरीको भने विवाह भइसकेको छ भने एकजना छोरी शारीरिक रुपमा अशक्त रहेकी छिन् ।

मृतक अशोकका छोरा । तस्वीर : अर्जुन शर्मा ।

‘श्रीमती एकजना रहेपनि भारतमा थिईन्, मजदूरी गरेर खाने मान्छे हुन्,’ उनले भने, ‘घरायसी आपसी मनमुटाव पनि थियो होला, तर खानै नपाएर मर्नु भन्ने कुरा गलत हो, आर्थिक अभाव पनि एक चैँ हो ।’ उनले दर्जीले खानै नपाएर मर्न बाध्य नरहेको भएपनि आर्थिक अभाव रहेको भने स्वीकार गरे ।

उनले भने, ‘करीब ४ बर्ष अगाडिदेखि त्यहाँ बस्दै आएका रहेछन्, अभाव भएका ठाउँमा हामीले तीनचोटी समेत राहत दिएका छौँ । अहिले पनि समस्या परेका ठाउँमा सहयोग गर्दै आएका छौँ ।’

उनका अनुसार दर्जीले झुण्डिएरै मर्नुपर्ने समस्या नरहेको भएपनि घटना भइसकेपछि अहिले पीडित परिवारलाई आर्थिक खर्च समेत जुटाउँदै आएको थापाले बताए ।

‘हामीले नगरपालिकाबाट काजकिरिया खर्च दिने तयारी गरिरहेका छौँ,’ उनले टाकुरासँग भने, ‘आत्महत्या गरेकै दिन पनि म आँफै बसेर पोष्टमार्टम गर्ने खर्च व्यवस्था गरेँ, पीडित छोराछोरीका लागि सहयोग जुटाएर समस्या नहुने गरी हामी काम गरिरहेका छौँ ।’

Tags: #death#morang
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
समाचार

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ ९, २०८३
0

इटहरी : इटहरीबाट प्रहरीले लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। इटहरी–११ बाट प्रहरीले १ हजार ६८० क्याप्सुल ट्रामाडोल र...

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप
खेलकुद

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

by टाकुरा न्यूज । इटहरी
भदौ ९, २०८३
0

इटहरी : स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग एउटै मैदानमा खेल्ने अवसर दिने उद्देश्यले इटहरी मेयर कप क्रिकेट प्रतियोगिताको स्वरूप...

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

हात्तीको जैविक मार्गभन्दा बस्ती संरक्षण प्राथमिकतामा राख्न माग

भदौ ९, २०८३
तीन झरना, एउटै खोला : पर्यटकको पर्खाइमा तीनछाँगे

तीन झरना, एउटै खोला : पर्यटकको पर्खाइमा तीनछाँगे

भदौ ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.