Wednesday, September 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा नयाँ आएका डीएसपीको यस्तो योजना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०७७
in टाकुरा विशेष, समाचार
0
इटहरीमा नयाँ आएका डीएसपीको यस्तो योजना

डीएसपी अर्जुन केसी ।

6.1k
SHARES
Share on FacebookShare on Twitter

इटहरी  : ईलाका प्रहरी कार्यालय इटहरीको नेतृत्व लिनका लागि भर्खरै सरुवा भएर आएर प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीले अपराध न्यूनीकरणमा आफ्नो भूमिका अब्बल रहने बताएका छन् ।

इटहरी प्रहरीको ९ औँ कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीबाट सरुवा भएर आएका केसीले आईतबार विहान सञ्चारकर्मीसँग परिचयात्मक कार्यक्रम राख्दै आफ्नो कार्यकालमा अपराध न्यूनीकरणमा आफ्नो भूमिका अब्बल रहने दाबी गरेका हुन् ।

‘प्रहरी सङ्गठनको एउटा व्यवसायीक प्रहरी कमान्डरले गर्ने नर्मल पुलिसिङ मेरो कार्य योजना हो,’ केसीले भने, ‘दैनिकजसो हुने लागूऔषध, चोरी, डकैती, बित्तिय अपराध तथा अन्य जघन्य प्रकृतिका घटना हुन नदिनका लागि काम गर्ने तयारी छ, तर यो त प्रहरीको दैनिकको ड्यूटी हो ।’

कानूनको अधिनमा रहेर आँफूले गम्भीर अनुसन्धान गरी जस्तोसुकै अपराधीलाई पनि कारबाही गर्ने उनको ठोकुवा थियो । भने, ‘लागूऔषध, बित्तिय अपराध जस्ता घटनामा कानूनी विधि अपनायर गम्भीर अनुसन्धान गर्नेछु । बित्तिय अपराधमा ठगिएकाहरुले पनि म यसकारण ठगिएँ भनेर उजुरी गरेमा हामी न्यायको अनुभूत गराउँनेछौँ ।’

कतिपय जघन्य अपराधका घटना प्रहरी समक्ष आइनपुग्ने गरेको र गाउँघरमै मिल्ने गरेकाले पनि पीडितले प्रहरीसँग सहकार्य गर्नुपर्ने केसीले बताए ।

उनले टाकुरासँग भने, ‘इटहरीमा ठूलो परिवर्तन गर्छु भनेर म आएको होईन, तर यहाँ भएका अपराधका घटना न्यूनीकरणका लागि मेरो भूमिका रहन्छ ।’

यसअघि इटहरीमा आएका डीएसपीहरुले इटहरीमा ठूलै बित्तिय अपराध हुने तथा लागूऔषध कारोबारी रहेको बताउँदै आएका छन् ।

यसको निष्क्रियका लागि तपाईँको के भूमिका रहन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा केसीले भने, ‘लोभमा परेर हुने घटना हो ठगी । सिआईबीमा रहँदा मैले अनुसन्धान गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको थिएँ । यहाँ पनि यस्ता भएका घटनालाई गम्भीर अनुसन्धान गरेर कानूनी प्रक्रियाबाट कारबाही अगाडि बढाउनेछु ।’

यसैबीच एक आर्थिक बर्षमा इटहरीमा सबैभन्दा बढी अभद्र व्यवहारको घटना भएको छ ।

आर्थिक बर्ष ०७६।०७७ मा इटहरीमा १५६ वटा अभद्र व्यवहारको मुद्धा दर्ता भएको छ ।

त्यस्तै, चोरी डकैतीका ४२, जबरजस्ती करणी २६, लागूऔषध २४, ज्यान मार्ने उद्योगका ९ वटा मुद्धा दर्ता भएका छन् ।

विभिन्न समयमा भएका यी घटनाका दोषीलाई प्रहरीले पक्राउ गरी मुद्धा चलाईसकेको अवस्था छ ।

इटहरीमा पछिल्लो समय हुने चोरी, लागूऔषध, वित्तिय अपराध तथा जबरजस्ती करणीका घटना न्यूनीकरणका लागि नागरिकको पनि साथ चाहिने डीएसपी केसीले बताए ।

Tags: #ilakaitahari#itahari#police
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद, प्रहरीलाई ठक्कर दिएर चालक फरार
FEATURE BREAKING

इटहरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद, प्रहरीलाई ठक्कर दिएर चालक फरार

by मनाेज अधिकारी
अशोज ७, २०८३
0

इटहरी : इटहरीमा प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–धरान सडकखण्डअन्तर्गत चारकोसे जंगलको...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

सुनसरी–मोरङसहित चार जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज ६, २०८३
0

इटहरी । कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न आठ जनालाई पक्राउ गरेको छ। प्रहरीले असोज ५...

विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…

पाैने दुई क्वीन्टल गाँजासहित एकजना पक्राउ

अशोज ६, २०८३
आज अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस

प्रतिबन्धित लागू औषधसहित १ थान मोटरसाईकल बरामद

अशोज ६, २०८३
उदयपुरमा एम्बुलेन्सको भाडादर निर्धारण, कहाँकाे भाडा कति ?

उदयपुरमा एम्बुलेन्सको भाडादर निर्धारण, कहाँकाे भाडा कति ?

अशोज ६, २०८३
धरानमा गुञ्जिँदै ९० को दशकका सांगीतिक सम्झना

धरानमा गुञ्जिँदै ९० को दशकका सांगीतिक सम्झना

अशोज ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद, प्रहरीलाई ठक्कर दिएर चालक फरार

इटहरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद, प्रहरीलाई ठक्कर दिएर चालक फरार

अशोज ७, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी–मोरङसहित चार जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ

अशोज ६, २०८३
विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…

पाैने दुई क्वीन्टल गाँजासहित एकजना पक्राउ

अशोज ६, २०८३
आज अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस

प्रतिबन्धित लागू औषधसहित १ थान मोटरसाईकल बरामद

अशोज ६, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.