Thursday, August 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

साहसी दीपा : जसले लकडाउनमै स्काभेटर सिकेर २५ संक्रमितको शव पुरिन्

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २६, २०७७
in टाकुरा विशेष, समाचार
0
साहसी दीपा : जसले लकडाउनमै स्काभेटर सिकेर २५ संक्रमितको शव पुरिन्
252
SHARES
Share on FacebookShare on Twitter

इटहरी : १४ वर्षको कलिलो उमेर । खेल्ने, रमाउने समयमा करीब १५ वर्ष अगाडि भारतको असाम राज्य गुहाटीमा पढ्दा पढ्दै दीपा वाग्ले आफ्नी फुपू दिदीको घर इटहरी २ आँपगाछी आईन् ।

यहीँ बस्ने क्रममै उनको विवाहको कुरा चल्यो । कक्षा ८ मा पढ्दा पढ्दै उनको स्थानीय अधिकारी थरका दम्पत्तीसँग विवाह भयो । विवाहपछि बीचमै पढाई रोक्नुपर्दाको पीडा दीपाको आँखामा अहिले पनि झल्किन्छ ।

‘मलाई विवाह भन्ने कुरा नै के हो भन्ने थाहा नहुँदै विवाह भयो,’ उनले सुनाईन्, ‘विवाह भएको केही वर्षमै छोरीको जन्म भयो, त्यसपछि त घरको काममा व्यस्त हुनपर्यो ।’

उनका अनुसार विवाह गरेको दुई वर्षमै पहिलो सन्तानको रुपमा छोरीको जन्म भयो । छोरीको जन्म भएसँगै उनका श्रीमान पनि नेपाल प्रहरीमा भर्ती भए । अहिले एउटी छोरी १३ वर्षकी छिन् भने अर्का छोरा नौ वर्षका ।

गत ०७२ सालमा उनले दुई लाख ४० हजार रुपैँयामा ई–रिक्सा (सिटी सफारी) किनिन् । सफारीबाट राम्रै कमाई भईरहेको थियो । करीब पन्ध्र महिना सफारी चलाएपछि शरीर कमजोर हुने, टाउको, आँखा दुख्ने गरेकाले उनले सफारी बिक्री गरिन् ।

‘परिवारसँगकै सल्लाहमा सफारी चलाउँदै आएकी थिएँ,’ दीपाले भनिन्, ‘सफारी बेचेपछि मैले भ्यान सिक्न सुरु गरेँ, महिलाले गर्न नसक्ने भनिएका भिन्न काम गर्न चाहन्थेँ ।’

दीपा अहिले उमेरले २८ वर्ष लागिन् । उनका श्रीमान नेपाल प्रहरीमा जागिरे छन् । तर, दीपा श्रीमानको मात्रै जागिरले सन्तुष्ट हुन सकिनन् । उनले आँफूले भ्यान सिक्नका लागि पच्चीस हजार रुपैँया खर्च गरेपनि लाइसेन्स निकाल्न नपाउँदा आँफू समस्यामा रहेको सुनाईन् ।

बीचको समय त्यतिकै गुज्रिनुपरेको पीडालाई सम्झदैँ उनले भनिन्, ‘बीचमा के के समस्याले गर्दा त्यतिकै समय बित्यो, अहिले इटहरी उपमहानगरपालिकाको स्काभेटर सिकेर काम गरिरहेको छु ।’

उनले महिलाले पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने उदाहरणका रुपमा आँफू स्थापित हुने विश्वास लिएकी छिन् ।

उनी भन्छिन् ‘स्काभेटर सिक्न थालेको धेरै त भएको छैन । तर, अहिले खोलामा जाने, बालुवा, गिटि उठाउने जस्ता काम गर्न थालेकी छु । केही समयमै पूर्ण रुपमा चलाउँछु भन्ने विश्वास लिएकी छु ।’ आँफूमा बलियो आत्मबल र दृढ संकल्प भएकै कारण स्काभेटर चलाउन सक्ने भएको उनले सुनाईन् ।

लकडाउनमै स्काभेटर सिकेर २५ संक्रमितको शव पुरेँ

पछिल्लो समय कोभिड १९ का कारण आम मानिसमा त्रास छाएको छ । कोभिडका कारण दैनिकजसो मानिसको ज्यान पनि गईरहेको अवस्था विद्यमान छ । तर, यो समयमा मृतकको शव पुर्नका लागि समस्या भएपनि दीपाले हालसम्म कोभिडबाट ज्यान गुमाउने २५ जनाको शव पुरिसकेको बताउँछिन् ।

इटहरी–धरान अन्र्तगतको चारकोशे झाडीमा उनले हालसम्म २५ वटा संक्रमितको शव पुरेको सुनाईन् ।

दीपाले भनिन्, ‘मलाई डर भन्ने शब्द नै मनमा आउँदैन, जुनसुकै सक्ने काम छ भने आटँ गर्छु ।’ इटहरीमा अहिले उनले मात्रै संक्रमितको शव पुर्दै आएकी छिन् ।

‘कहिले राती ११ बजे पनि संक्रमितको शव पुरेर घर आएकी छु,’ उनले भनिन्, ‘हिम्मत र साहस भएमा पुरुष सो सरह महिलाले पनि काम गर्न सक्छन् भन्ने विश्वास लाग्न थालेको छ ।’

ठूला–ठूला मेसिन पुरुषले मात्रै चलाउँछन् भन्ने मान्यतालाई तोड्दै दीपाले आफ्नो अदम्य साहस र हिम्मतले लकडाउनकै समयमा स्काभेटर सिकेर हाल मृतक संक्रमितको शव पुर्न लागिपर्नु उदाहरणीय काम हो ।

दीपा जस्तै अन्य साहसी दीपाहरुलाई स्थानीय सरकारले प्रोत्साहन गर्न आवश्यक देखिन्छ ।

प्रकाश तिम्सिनाको सहयोगमा ।

 

Tags: #इटहरीटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
समाचार

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादी धरानबाट पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ ११, २०८३
0

इटहरी : जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका पाँच जनालाई प्रहरीले...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

तेह्रथुम र पाँचथरमा दुर्घटना हुँदा दुईको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ ११, २०८३
0

इटहरी : तेह्रथुम र पाँचथरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। तेह्रथुमको म्याङलुङ नगरपालिका–९ बगाले होटल अगाडि...

धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा छोराको चिरपट प्रहारबाट बुबाको हत्या

भदौ ११, २०८३
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

भोटेकोशी बाढीपीडितलाई विराटनगर महानगरले २५ लाख ५१ हजार दिने

भदौ ११, २०८३
राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

भदौ १०, २०८३
इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

भदौ १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादी धरानबाट पक्राउ

भदौ ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

तेह्रथुम र पाँचथरमा दुर्घटना हुँदा दुईको मृत्यु

भदौ ११, २०८३
धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा छोराको चिरपट प्रहारबाट बुबाको हत्या

भदौ ११, २०८३
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

भोटेकोशी बाढीपीडितलाई विराटनगर महानगरले २५ लाख ५१ हजार दिने

भदौ ११, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.