Friday, June 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

बैङ्किङ कसुरका आरोपितलाई इटहरी प्रहरीले हाजिरामा छाड्यो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ५, २०७७
in टाकुरा विशेष, समाचार
0
इटहरीको द बर्गर हाउसमा चोरी, चोरीमा संलग्न २ महिलासहित ८ जना पक्राउ

तस्वीरमा इटहरी प्रहरी कार्यालय ।

357
SHARES
Share on FacebookShare on Twitter

बैङ्किङ कसुर मुद्दाका आरोपित सङ्खुवासभा खाँदबारीका दिनेश चौहानलाई इटहरी प्रहरीले हाजिरामा छाडेपछि पीडितले अन्याय भएको महसुस गरेका छन् ।

विराटनगर उच्च अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा खाँदबारी प्रहरीले कात्तिक २८ गते पक्राउ गरी मुद्दा परेको क्षेत्र इलाका प्रहरी कार्यालय इटहरीमा आरोपित चौहानलाई जिम्मा लगाएको थियो ।

पक्राउ परेर ल्याएको केही घण्टा नबित्दै छाडिनुलाई पीडित सपना सुवेदीले प्रहरीको नियतमाथि शङ्का गरेकी छन् । उनी भन्छिन्, ‘पक्राउ गरेर ल्याइयो भनेर सुनियो, ल्याएको केही समयपछि नै हाजिरामा छाडिएको सुन्नमा आयो, बुझ्दा पनि त्यस्तै कुरा आएको छ ।’ आरोपित चौहानविरुद्ध कात्तिक २० गते चेक बाउन्समा मुद्दा हालिएको देखिन्छ ।

तर, इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले अनुसन्धान अधिकारीको तजबिजमा हाजिरा जमानीमा छाड्न सक्ने अधिकार हुने दाबी गरे । ‘अनुसन्धान अधिकारीले उपयुक्त ठानेको अवस्थामा हाजिरामा छाड्न मिल्छ’ उनले फोनसम्पर्कमा भने, ‘केही दिनमै अदालतमा हाजिर गराउँछौं ।’ तर, उनले अदालतमा हाजिर गराउने विषयमा स्पष्टसँग मिति उल्लेख गरेनन् । उनले भने, ‘जुवाजन्य मुद्दाहरू थुप्रै छन्, त्यो सकिएलगत्तै हामी बुझाउँछौं ।’

एक कानून व्यवसायीका अनुसार अदालतको पक्राउ पुर्जी जारी गरिसकेको अवस्थामा पक्राउ गरेर ल्याएको आरोपितलाई छाड्न मिल्दैन । बैङ्किङ कसुरलाई पनि मुलुकी अपराध संहिता २०७४ अनुसार फौजदारी मुद्दा अन्तर्गत समेटेको छ । आरोपित चौहानले पीडित सुवेदीको पतिबाट २०७३ साल फागुन १० गते आर्थिक लेनदेन गरेको उनले बताइन् ।

सोही आर्थिक लेनदेन मिलान गर्नका लागि पटक–पटक माग्दा विभिन्न धाकधम्कीसमेत दिँदै आएको उनको आरोप छ । ‘पटक–पटक चेक काटेर दिएको छ, तर सबै चेक बाउन्स हुन्छ, पछिल्लो पटक असोज र कात्तिकमा गरी प्राइम बैङ्कको २५ लाख रुपैयाँको चेक काटेर दिएको थियो’ उनले भनिन्, ‘त्यो चेक पनि बाउन्स भएपछि बाध्य भएर प्रहरीमा उजुरी दिएकी हुँ ।’ उनको पति पनि प्रहरी सेवामै संलग्न छन् ।

पति रामबाबु सुवेदीका अनुसार २०७३ सालमा व्यवसायका लागि पैसा मागेपछि घरपरिवारको रोहवरमै रकम दिएका थिए । चौहानका दाजु उमेश चौहान व्यवसाय गर्ने भएकाले त्यसबेलामा ‘रेडबुलको डिलर गुम्ने भयो’ भनेपछि तत्कालीन अवस्थामा दुई चरण गरेर रकम दिएको उनले बताए ।

उनले भने, ‘तत्काल चौध लाख रुपैयाँ चाहिँ बैङ्कमा नै हालिदिएको हुँ, अरू रकम केहीपछि नगद नै दिएँ ।’ आफूले पनि इटहरीमा घर किनेपछि पैसा चाहिएकाले रकम माग्दा आलटाल गर्ने र चेक दिँदा पनि बाउन्स हुँदै आएपछि बाध्य भएर पत्नीको नाममा उजुरी दर्ता गराएको उनले बताए ।

पीडक र पीडित नाताले मामा र फुपूका छोराहरू हुन् । नाताले उनीहरू दाजुभाइ पर्छन् । अनुसन्धानमा लामो समय कार्यरत भई हालै अवकाशप्राप्त निवर्तमान प्रहरी अधिकारीका अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेपछि हाजिरामा छाड्न मिल्दै मिल्दैन । अदालतमा म्याद थप गरेर प्रक्रिया अगाडि बढाउनु पर्ने सामान्यतः नियम भएको उनी बताउँछन् ।

‘अदालतले के गर्छ, त्यो उसको पाटो हो, पक्राउ पुर्जी जारी गरेपछि त्यसरी छाड्न कसरी मिल्ला ?’ उनी भन्छन्, ‘यस्तो मुद्दामा प्रहरीचाहिँ विवादित बन्यो ।’ पीडितहरू पहुँचका भरमा छाडिएको हुनसक्ने अनुमान लगाउँछन् ।

यता आरोपित चौहानका दाजु उमेश चौहानलाई सम्पर्क गर्दा उनले विगतदेखि नै लेनदेन हुँदै आएको बताए । पछिल्लो समय व्यवसायको लागि भाइले चलाएको रकमको हकमा तिर्न केही ढिलाइ भएको स्वीकार गर्दै पैसा केही ढिला आएकाले चेक बाउन्स भएको हुनसक्ने बताए ।

उनले भने, ‘समयमै दिन सकिएन, अहिले आएर मुद्दा हालेछ ।’ उनले सुवेदी दम्पतीविरुद्ध आफूसँग पनि थुप्रै विषयमा लेनदेन भएको कागजात र प्रमाणहरू रहेको बताए । ‘मुद्दा त हामी पनि हाल्न सक्छौं’ –उनले भने ।

ब्लाष्टखबरबाट साभार ।

Tags: #इटहरी#इटहरी प्रहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोजपुर : ‘एक घर एक धारा’ अभियान
विविध

भोजपुर : ‘एक घर एक धारा’ अभियान

by रासस
जेष्ठ २८, २०८३
0

भोजपुर : भोजपुरको उत्तरी क्षेत्रस्थित षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनाले ‘एक घर एक धारा’ अभियानलाई मूर्तरूप दिन थालेको...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
समाचार

इटहरीमा लागूऔषधसहित दुई युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २८, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–१० मुसहर टोलबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका अवैध सामान बरामद, ६ लाखभन्दा बढी मूल्यका सामग्री नियन्त्रणमा

जेष्ठ २८, २०८३
मिक्लाजुङमा कविताको वर्षा

मिक्लाजुङमा कविताको वर्षा

जेष्ठ २७, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

जेष्ठ २६, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु, तीन जना घाइते

जेष्ठ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोजपुर : ‘एक घर एक धारा’ अभियान

भोजपुर : ‘एक घर एक धारा’ अभियान

जेष्ठ २८, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई युवक पक्राउ

जेष्ठ २८, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका अवैध सामान बरामद, ६ लाखभन्दा बढी मूल्यका सामग्री नियन्त्रणमा

जेष्ठ २८, २०८३
मिक्लाजुङमा कविताको वर्षा

मिक्लाजुङमा कविताको वर्षा

जेष्ठ २७, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.