Thursday, August 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
मंसिर २६, २०७७
in टाकुरा विशेष, समाचार
0
श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…
219
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी पूर्वी तटबन्ध प्रकाशपुरबाट कोशीको भंगालो तरेर केही समय हिँडेपछि टापुबासीको गाउँ आउँछ ।

यो क्षेत्रमा बस्ती बसेपनि न त राज्यको ध्यान गयो, न त अन्य सम्बन्धित निकायको नै । सप्तकोशी किनारको बालुवै बालुवामा बसेको यो बस्तीको उत्थानका लागि राज्य निकायबाट कुनैपनि पहल भएन ।

यहाँका बासिन्दामा बर्खाको समयमा पुल नहुँदा समस्या हुँदै आएको राजवंशी बताउँछन् । यहाँ उब्जनी भएको कृषि पनि बर्खाको समयमा बिक्री नहुने भएकाले यहाँका बासिन्दा चिन्तित रहेको उनले बताए ।

‘अहिले बिजुली आइकन यो क्षेत्रमा जंगली जनावरले पनि दुःख कम दिने गरेको छ,’ उनले सुनाए, ‘पहिला भोट माग्न आउने नेताहरुले एयरपोर्ट र क्रिकेट मैदान बनाउने आश्वासन दिएका थिए तर हामी त सधैँ अन्धकारमा रात बिताउँदै आएका थियौँ ।’

पहिला भोट माग्न आउने नेताहरुले एयरपोर्ट र क्रिकेट मैदान बनाउने आश्वासन दिएपनि अहिलेसम्म यो क्षेत्रमा बिजुली समेत बल्ने अवस्था नरहेको उनको तर्क थियो ।

सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका सदस्य ज्ञानेन्द्र कार्कीको पहलमा यो क्षेत्रमा अहिले बिजुली बलेपछि आँफूहरुको मनमा उज्यालो बलेको उनले बताए ।

‘मैले थाहा पाएदेखि अहिलेसम्म अन्धकारमै रात वितेको थियो,’ अर्जुनले आफ्नो विगत सम्झदैँ टाकुरासँग भने, ‘अहिले माननीय ज्यू को पहलमा यहाँ बिजुली बलेपछि मनमा उज्यालो बलेको छ ।’

१० हजार बढी घर परिवार बसोबास रहेको यो क्षेत्रमा चन्द्रवशी, उराउ, थारु, यादव, कविरत, मुसहर, कोइरी, खत्वे, सार्की, राई, लिम्बू, बाहुन, क्षेत्री सबै जातजातीको बसोबास रहेको उनले बताए । विशेषगरि यो क्षेत्र कृषिबालीको उपज रहेको बताउँदै उनले यहाँ गहुँ, मकै, तिल, सागसब्जी बढी उब्जनी हुने बताए ।

‘यहाँ जालझेल गर्ने मानिसहरु छैनन्, यहाँका मानिसहरु आफैँ व्यस्त हुन्छन्,’ छिमेकी नगरपालिका उदयपुरको बेलका नगरपालिका २ का स्थानीय लक्ष्मण थापाले भने, ‘यहाँ बर्षौँदेखि विजुली थिएन, तर अहिले बिजुली आएपछि टापुबासीको मनमै उज्यालो बलेको छ ।’

उनका अनुसार बस्तीको सीमानामा रहेको कोशीटप्पु बन्यजन्तु आरक्षबाट जंगली जनावर आएर रातको समयमा पनि क्षति गर्ने भएपनि अहिले उज्यालोका कारण कम क्षति हुने गरेको छ । यस क्षेत्रका जनतालाई झुक्याएर यहाँ कृषि क्याम्पस बनाउनेदेखि लिएर ठूला–ठूला आश्वासन दिएर भोट माग्नेहरु अहिले कुनामा पस्ने गरेको उनको तर्क थियो ।

श्रीलंका टापुमा पर्ने एउटा बस्ती ।

‘अहिलेको सरकारबाट केही अनुभूति पाएका छैनौ, यसअघि नै यहाँका ८ सय घर धूरी परिवार बाढीका कारण विस्थापित छन्,’ थापाले भने, ‘यहाँ बेचेर अर्को ठाउँ जान्छु भन्ने अवस्थापनि छैन, कोशीले कुनबेला हान्छ टुङ्गो छैन ।’

स्थानीय सरकारले कृषि क्रान्ति गर्ने भनेर नारा लगाएपनि समूह बनाउन आवश्यक रहेको र गरीब जनताको पहुँच नपुग्ने उनको तर्क थियो ।

‘अहिले बिजुली बाल्न पाउँदा जंगली जनावर पनि रोकथाम भएको छ, चोरी तस्करी पनि रोकियो, मनमा उज्यालो छायो,’ उनले भने, ‘अब सिसौलीको बाँध बाँधिदिएदेखि राहत महसुस हुन्थ्यो, हामी सरकारसँग जुध्न सकिँदैन, गुनासो कसलाई पोख्ने !’

दुई महिनाअगाडि देखि बिजुली बल्न सुरु भएको यो क्षेत्रमा सांसद कार्कीले बिजुली बत्ती ल्याउने घोषणा गरेको एक वर्षमै बिजुली बलेको उनले बताए । बिजुली बल्न थालेदेखि गाउँलेले अहिले टिभी समेत हेर्न थालेका छन् । प्रविधिमा पहुँच बढेसँगै यहाँका बासिन्दामा उत्साह छाएको छ ।

ग्रामीण विद्युतीकरण परियोजना अन्तर्गत डेढ करोड हाराहारी लगानीमा श्रीलंका टापुका बासिन्दाका लागि बिजुली जडान गरिएको हो । नेपाल विद्युत प्राधिकरण इटहरी शाखाका अनुसार तीन पटकको बजेटमा दुई हजार छ सयभन्दा बढी घरधूरीका लागि बिजुली जडान गरिएको हो ।

‘बस्ती बसेदेखि श्रीलंका टापुका बासिन्दाका लागि बिजुलीका लागि पहल भएपनि बल्ल सार्थकता पाएको छ,’ गाउँले समक्ष भेटघाट गर्न कार्की पुगेका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘म कम बोल्न र धेरै काम गर्न रुचाउने मानिस हुँ, यहाँका जनतालाई झुटो आश्वासन दिएर मैले कुनै स्वार्थ लिनु छैन, त्यसैले पनि यो क्षेत्रका जनतालाई राहत महसुस हुने काम गर्ने तयारीमा छु ।’

Tags: #सुनसरीटाकुरा विशेष
विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
समाचार

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादी धरानबाट पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ ११, २०८३
0

इटहरी : जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका पाँच जनालाई प्रहरीले...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

तेह्रथुम र पाँचथरमा दुर्घटना हुँदा दुईको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ ११, २०८३
0

इटहरी : तेह्रथुम र पाँचथरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। तेह्रथुमको म्याङलुङ नगरपालिका–९ बगाले होटल अगाडि...

धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा छोराको चिरपट प्रहारबाट बुबाको हत्या

भदौ ११, २०८३
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

भोटेकोशी बाढीपीडितलाई विराटनगर महानगरले २५ लाख ५१ हजार दिने

भदौ ११, २०८३
राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

भदौ १०, २०८३
इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

भदौ १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादी धरानबाट पक्राउ

भदौ ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

तेह्रथुम र पाँचथरमा दुर्घटना हुँदा दुईको मृत्यु

भदौ ११, २०८३
धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा छोराको चिरपट प्रहारबाट बुबाको हत्या

भदौ ११, २०८३
विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

भोटेकोशी बाढीपीडितलाई विराटनगर महानगरले २५ लाख ५१ हजार दिने

भदौ ११, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.