इटहरी : इटहरी क्षेत्रका युवाहरुले कुनै अफ्ट्यारो, असहज परिस्थिति हुँदा होस् वा अन्य कुनै काम गर्नुपर्दा नै, झट्ट सम्झिने नाम हो विकास केसी ।
इटहरीमा रहेर व्यवसाय, राजनीतिसँगै सामाजिक काममा पनि सक्रिय रहेका केसी पछिल्लो समय युवाहरुका मात्र नभई वृद्ध-वृद्वा, रोगी तथा अन्य पीडितको सहारा बन्दै आएका छन् ।
उपचार नपाएर हस्पिटलमा भौतारिरहेका हुन् वा अन्य सामाजिक काम गर्नका लागि नै, उनी पुगेर भाइचारा अभिवृद्धि हुने काम गर्छन् ।
“युवाहरूलाई श्रीजनशील बन्न प्रेरित गर्ने उदेश्यले उर्जा प्रदान गरिरहेको छु,” केसी भन्छन्, ” समाजको मुहार परिवर्तन गर्नका लागि युवाहरुको महत्त्वपूर्ण भूमिका हुन्छ, त्यसैले युवाहरुलाई सकारात्मक बाटोमा हिड्नका लागि प्रेरित गर्दै आएको छु ।”
बुधबार इटहरी १९ मा रहेको कृयटिभ युथ सोसाइटी क्लबको स्तरोन्नतिका लागि नगद १५ हजार रुपैयाँ सहयोग गर्दै केसीले टाकुरासँग भने, “क्लबले गरेका सकारात्मक काममा उर्जा मिलोस् भनेर मैले साथ दिएको हुँ, समाज बनाउने भनेकै युवाहरुले हो ।”
सामाजिक काम गर्न कुनै स्वार्थ हुन नहुने तर्क गर्दै उनले स्थानीय स्तरको विकास निर्माणका कुरामा स्वार्थ राख्नुपर्ने वताए ।
क्यान्सर पीडितलाई सहयोग
कांग्रेस नेता समेत रहेका केसीले बुधबार नै धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचाररत एक क्यान्सर पीडित बिरामीलाई आर्थिक सहयोग गरेका छन् ।
तेह्रथुम म्याङ्लुङ बजारका ४१ वर्षीय मोहन कुमार राइको उपचार खर्चका लागि उनले १५ हजार सहयोग गरेका हुन् ।
पीडित परिवारका अनुसार सुरुमा फोक्सोमा पानी जमेको भनिएपनि पछि छातीमा मासु पलाएकाले अप्रेसन गर्नुपरेको छ ।
“डाक्टरको सल्लाह बमोजिम अप्रेसन पनि गरियो,” मोहनकी श्रीमतीले भनिन्, “अहिले क्यान्सर भएको छ भन्ने कुरा आएपछि समस्या भएको छ ।”
अहिले क्यान्सर भएको बुझिएसँगै भेन्टिलेटर किन्न आवश्यक रहेको र आर्थिक अवस्था कमजोर रहेको उनले बताइन् । आफ्नो श्रीमानको उपचारका लागि उनले अपिल समेत गरेकी छिन् ।














Discussion about this post