इटहरी : ईलाका प्रहरी कार्यालय इटहरीले सर्वसाधारणलाई अतिआवश्यक सामाग्री घर–घरमा पुर्याउने भएको छ ।
दाल, चामल, तरकारी लगायतका सामाग्री घरमै पुराईदिने ब्यवस्था गर्ने तयारी इलाका प्रहरी इटहरीले थालनी गरेको हो ।
इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायव उपरीक्षक डीएसपी धर्मराज भण्डारीले इटहरीको गोर्खा डिपार्टमेन्ट स्टोरको समन्वयमा प्रहरीले सर्वसाधरणहरुको घर घरमा सामाग्री पुराउने तयारी गरेको जानकारी दिए ।
उनले अत्यावश्यक परेका सामान चाहिएमा आँफूहरुलाई खबर गर्न र घरभित्रै बस्नका लागि अपिल समेत गरेका छन् ।
Discussion about this post