इलाम : इलाम २ को उपनिर्वाचनका लागि बैशाख १५ गते शनिबार इलाम जिल्लाभर यातायात बन्द गरिने भएको छ ।
बिहीबार बसेको सर्वदलीय बैठकले मतदानका दिन मेची राजमार्गसहित जिल्ला भरिनै बिहान ५ देखि बेलुका ६ बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेको छ ।
मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायसहित बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले मतदानका दिन शान्ति सुरक्षा कायम राख्न सहज हुने निष्कर्षसहित यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
मतदानका दिनलाई छिमेकी जिल्लाहरू झापा, पाँचथर, ताप्लेजुङ्ग र मोरङलगायत सबै जिल्लालाई जानकारी गराइएको र सबै जिल्ला जोडिने नाका पनि बन्द हुने प्रजिअ यादवले बताए ।
Discussion about this post