इटहरी : पछिल्लो समय प्रबिधिको माध्यमबाट बिश्वलाइ नै नजिकबाट नियाल्ने अवसर सृजना भइरहेको छ । यसैबीच नेपाल बिद्यार्थी संघको ५१ औँ स्थापना दिवसको अवसरमा जुम एप्सको माध्यमबाट बिद्यार्थी नेताहरुले देशमा भइरहेको विषम परिस्थितिलाई कसरी समाधान गर्ने भन्ने बिषयमा बहस गरेका छन् ।
नेविसंघ सुनसरी सभापति मन्दिप भट्टराईले अहिले देशमा भइरहेको समस्यालाई समाधान गर्नका लागि आफूहरुले जुम एप्समार्फत बहस सँगै नेविसंघको स्थापना दिवसको शुभकामना आदानप्रदान गरेको जानकारी दिए ।
कार्यक्रममा नेपाली कंग्रेसका प्रख्यात वक्ता गगन थापा, गुरुराज घिमिरे, कल्याण गुरुङ, नेविसंघ सभापति राजिव ढुङ्गाना, अन्य नेताहरु दीपक भट्टराई, हेमकर्ण पौडेल, विकास के.सि. लगायतले शुभकामना दिएका थिए । उनीहरुले निम्न बर्गका मानिसहरुको पक्षमा लाग्न समेत अपिल गरेको भट्टराईले बताए ।
मोरङका भिन्नाभिन्नै दुर्घटनामा दुईको मृत्यु
मोरङ : मोरङका भिन्नाभिन्नै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मोरङको लेटाङमा अटो ट्याम्पो र केराबारीमा साइकल दुर्घटना भएको हो ।...
Discussion about this post