इटहरीमा थप दुईजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
इटहरी अस्पतालका इमर्जेन्सी शाखाका इन्चार्ज रामकुमार धमलाका अनुसार धरानस्थित एन्फा क्वारेन्टिनमा परीक्षण गरेका दुईजनाको रिपोर्ट पोजेटिभ आएको हो ।
इटहरी ४ ठेगाना उल्लेख भएका एक महिला र एक पुरुषको रिपोर्ट पोजेटिभ आएको उनले बताए । उनका अनुसार उनीहरुको पहिचान गरी ट्राभल हिस्ट्रीको काम सुरु गरिएको छ ।
त्यस्तै, इटहरीमा २० गतेदेखि २५ गतेसम्म गरिएका स्वाब मध्ये तीन सय २ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
Discussion about this post