धरान उपमहानगरपालिका वडा नं १ मा १० बर्षीया बालिकाले आत्महत्या गरेकी छिन् ।
समिर शाहको घरमा विगत २ बर्षदेखि घरेलु कामदारको रुपमा काम गर्दै आएकी कविता उरावले झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
उनका अनुसार घरका सबै मानिसहरु बजार गएको र घरमा कोहि नभएको समयमा आत्महत्याको घटना भएको प्रहरीले जनाएको छ ।
घरका मानिसहरु बजारबाट फर्कदा मुलढोकासहित सबै बन्द गरेर माथिल्लो कोठाको झ्यालको रडमा ती बालिका झुण्डिएको उनले बताए ।
Discussion about this post