जिल्ला प्रशासन कार्यालय सुनसरीले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्थाहरु सञ्चालन नगर्न स्थानीय तहहरुलाई सूचना जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहहरुलाई सरकारको निर्णय पठाउदै अर्को सूचनाबाट तोकिएको मितिदेखि सञ्चालन गर्ने गरि विभिन्न सेवा र कार्यहरुको सूची पठाएको हो ।
मन्त्रीपरिषदको निर्णय अनुसार विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रहरु तत्काल सञ्चालन गर्न पाइने छैन ।
सरकारले सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनारमा पनि रोक लगाएको छ भने सबै प्रकारका प्रदर्शन, भेला र सम्मेलन गर्न, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायत मनोरञ्जन स्थलहरुमा पनि रोक लगाएको छ ।














Discussion about this post