इटहरीमा थप २१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
असोज ११ र १२ गते गरिएको स्वाब संकलन मध्ये थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा इटहरी ४ का १ जना, ५० बर्षीय पुरुष, इटहरी ५ का १ जना, १९ बर्षीया महिला, इटहरी ७ का १ जना, ४५ बर्षीय पुरुष, इटहरी ८ का १ जना, ४१ बर्षीया महिला, इटहरी ९ का १ जना, २७ बर्षीय पुरुष, इटहरी १० का २ जना, २५ बर्षीय पुरुष र ३२ बर्षीया महिला, इटहरी १२ का ३ जना, ४२, ५८ बर्षीय पुरुष र ४५ बर्षीया महिला रहेका छन् ।
त्यस्तै, विभिन्न अस्पतालमा आफैँ जाँच गरेका मध्ये इटहरी १ का १ जना, २९ बर्षीय पुरुष, इटहरी ५ का ३ जना, २९, ५५, ७२ बर्षीय पुरुष, इटहरी ८ का २ जना, ३०, ३६ बर्षीय पुरुष, इटहरी ९ का १ जना, ३७ बर्षीया महिला, इटहरी १३ का १ जना, ३१ बर्षीया महिला, इटहरी १६ का १ जना, ३३ बर्षीय पुरुष, इटहरी २० का १ जना, ७७ बर्षीया महिला, नेपाली सेना इटहरी ब्यारेकका १ जना, ३१ बर्षीय पुरुष रहेका छन् ।
त्यस्तै, इटहरी ५ स्थायी ठेगाना भएका १ जना ७३ बर्षीय कोरोना संक्रमित पुरुषको बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।
इटहरीमा कोरोनाका कारण मृत्यु हुने ती पुरुष पहिलो हुन् ।
हाल सम्म इटहरीमा संक्रमण पुष्टि भएकाको संख्या ५ सय १६ पुगेको छ भने एकजनाको मृत्यु भएको छ ।
Discussion about this post