इटहरीका एक कोरोना संक्रमितको उपचारका क्रममा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय पुरुषको ज्यान गएको हो ।
इटहरीबाट उपचारका लागि लगिएको वृद्धको विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा बुधबार मृत्यु भएको हो ।
उनलाई बुधबार नै अस्पतालमा भर्ना गरिएको थियो । उपचार थालिएको डेढ घण्टा पुग्न नपाउँदै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसिन डा. दीपक सिग्देलका अनुसार वृद्धको मृत्यु बुधबार १२ः३५ बजे भएको हो ।
इटहरीमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु भएको हो ।














Discussion about this post