इटहरीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा उपचारारत इटहरी ६ की एक ६० बर्षीया कोरोना संक्रमित महिलाको आज मृत्यु भएको हो ।
उनको आज बुधबार विहान ४ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
उनमा असोज २४ गते कोरोना पोजिटिभ देखिएको थियो । उनमा मधुमेहको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।
यो सँगै इटहरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
Discussion about this post