इटहरीमा थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत इटहरी ६ की ९ बर्षीया बालिकाको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले पुष्टि गरे ।
बालिकाको ३ बजेर २५ मिनेटमा मृत्यु भएको उनले जानकारी दिए ।
मृतक बालिकामा कात्तिक १७ गते कोरोना पुष्टि भएपछि हिजो कोभिड अस्पताल भर्ना गरीएको थियो ।
Discussion about this post