आगामी आइतबारबाट प्रदेश १ मा सार्वजनिक यातायात अनिश्चितकालका लागि बन्द हुने भएको छ ।
कार्तिक २३ गतेबाट सम्पूर्ण सार्वजनिक यातायात अनिश्चितकालीन रुपमा बन्द हुने भएको हो ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, प्रदेश १ ले इटहरीमा पत्रकार सम्मेलन गर्दै आइतबारबाट प्रदेशभरी तीन पाङ्ग्रेदेखि माथिका सबै सार्वजनिक सवारी साधनहरु पूर्ण रुपमा बन्द गर्ने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, १ नं. प्रदेशका महासचिव रमेश खत्रीले कोरोनाको कारण आफूहरु मारमा परेको बताउँदै सरकार समक्ष बारम्बार आफ्नो समस्याहरु राख्दा पनि सुनुवाई नगरेकोे गुनासो गरे ।
सरकारले आँखामा पट्टि बाँधेर यातायात व्यवसायीहरुलाई सधै उपेक्षा गरेको भन्दै अन्तिम विकल्पको रुपमा सवारी साधनहरु बन्द गरी प्रदेश भर हडताल गर्ने पक्षमा पुगेको उनले बताए ।

खत्रीले अन्य सबै प्रदेशमा कर छुट गरेको तर प्रदेश १ ले भने कुनै सहुलियत नदिएको बताउन्दै भने, ‘सबै प्रदेशमा कर छुट गरेको छ तर हाम्रो प्रदेशमा भने छैन, मुख्यमन्त्रीले आश्वासन मात्र दिनभयो ।’
कार्यक्रममा यातायात व्यवसायीहरुले नौ बुँदे माग राख्दै सम्बोधन नभएसम्म सार्वजनिक यातायात सञ्चालन नगर्ने चेतावनी दिए ।














Discussion about this post