विराटनगर महानगरपालिका ४ कन्चनबारीबाट नियन्त्रित लागूऔषध गाँजासहित २ महिला पक्राउ परेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहबाट खटिएको अनुसन्धान टोलीले आज दिउँसो १ बजे गाँजासहित दुईजना महिलालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका ९ बस्ने ४० बर्षीया सीता राई र साँगुरीगढी गाउँपालिका १ बस्ने २० बर्षीया बबिता राई रहेका छन् । उनीहरुको साथबाट ५ केजी ७ सय ग्राम गाँजा सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै महिलालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post