धरान : धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको रिक्त रहेको सह–प्रवक्तामा एनेटोमी विभागका सहप्राध्यापक डा. चुडामणि पोखरेल नियुक्त भएका छन् ।
उनलाई प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले नियुक्ति पत्र प्रदान गरेका हुन् । नवनियुक्त सह–प्रवक्ता डा. पोखरेलले प्रतिष्ठानमा २०१६ यता एनेटोमी विभागमा कार्यरत छन् ।
उनी २००६ मा बिडिएसका विद्यार्थीका रूपमा प्रतिष्ठान आएका थिए । बिडिएस सकाएपछि २०१३ मा एनेटोमी अध्ययन सुरू गरि २०१६ मा पासआउट भएपश्चात कामको थालनी सुरू गरेका थिए ।
Discussion about this post