इटहरीमा तीन युवकले एकजनालाई गुण्डागर्दी शैलीमा कुटपिट गरेका छन् ।
चुरोट नदिएको निहुँमा तीन जनाले ज्यान मार्नेगरी गुन्डागर्दी शैलीमा एकजनालाई कुटपिट गरेका हुन् ।
प्रहरीका अनुसार इटहरी–११ सिमरवनाका ३६ बर्षीय अन्तराम चौधरी चुरोट किनेर फर्किँदै थिए। इटहरी–१० का तीन जनाले चुरोट मागे, उनले दिएनन्। चुरोट नदिँदा अन्तरामलाई गम्भीर घाइते हुने गरी तीन जनालेृ कुटपिट गरेका हुन् ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार अन्तरामलाई यस भन्ने अजय चौधरी, वीरे भन्ने निराजन चौधरी र नेता भन्ने सुरज चौधरीले शरीरका विभिन्न भाग र संवेदनशील अंगमा निर्घात कुटपिट गरेका हुन्।
तीनै जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराई म्याद थपसहित अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।
Discussion about this post