धरान १३ मदन आश्रित मार्ग स्थित सडकको किनारामा रहेको नालीमा अटोमेटिक पेस्तोलसहित ५ राउन्ड गोली र पेस्तोलमा लाग्ने म्यागेजिन फेला परेको छ ।
संकास्पद वस्तु देखिएर प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कायार्लय धरानाट पुगेको प्रहरी टोलीले उक्त संकास्पद बस्तु निकालेर हेर्ने क्रममा १ थान अटोमेटिक पेस्तोल, ५ राउन्ड गोली र १ थान म्यागेजिन फेला परेको डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
पेस्तोल कहाँबाट र कसरी त्यहाँ पुग्यो भन्नेबारे अनुसन्धान भइरहको बस्नेतले बताए ।
Discussion about this post