प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहले मोरङको मिक्लाजुङ गाउँपालिका–१ मा एक प्रधानाध्यापकको अपहरणपछि गोली हानी हत्या गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काका अनुसार मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय राजेन्द्र श्रेष्ठलाई मंगलबार बिहान ७ बजे अपहरण गरेको समूहले जंगलमा लगेर गोली हानी हत्या गरेको हो ।
मृतकका भतिजो महेश श्रेष्ठले उक्त विषयमा जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय उर्लाबारी, प्रहरी कार्यालय मधुमल्ला र लेटाङको टोली हत्या भएको क्षेत्रमा खटाइएको खड्काले बताए ।
उनी स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक हुन्।











Discussion about this post