धरान १३ रहेको सञ्जीवनी केन्द्रको आयोजनामा पुस २३ र २४ गते हुन लागेको प्रथम खुल्ला फुटसल प्रतियोगिताको प्रचारको लागि भएको मैत्रीपूर्ण खेलमा नेपाल फोटो पत्रकार महासङ्घ सुनसरी विजयी भएको छ ।
धरान फुटसलमा भएको मैत्रीपूर्ण खेलमा फोटो पत्रकार टिमले आयोजक सञ्जीवनी टिमलाई १७ – १३ गोल अन्तरले पराजित गरेको हो ।
खेलको विजेता तथा उपविजेता टिमलाई मेडल, प्रमाण पत्र र ट्रफि प्रदान गरिएको थियो । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व राष्ट्रिय फुटबल खेलाडी इन्दु रसाइली र कार्यक्रमका सभाध्यक्ष सञ्जीवनी केन्द्रका अध्यक्ष सम्पूर्ण ताम्रकारले पुरस्कार वितरण गरेका थिए ।
खेलको म्यान अफ द म्याच फोटो पत्रकार माहासंघ, सुनसरीका अध्यक्ष तथा टिम क्याप्टेन विकास चाम्लिङ घोषित भएका थिए । उनलाई प्रमुख अतिथि रसाइलीले मेडल प्रदान गरे ।
२३ र २४ गते हुने दुई दिने प्रतियोगितामा प्रदेश १ र काठमाण्डौको एक टिम सहित ३२ टिमले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगिताका विजेताले नगद ५१ हजार रुपैयाँ, र उपविजेता टिमले नगद ३१ हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
यो पनि – धरानमा प्रथम संजीवनी फुटसल प्रतियोगिता हुने, विजेतालाई ५१ हजार पुरस्कार
Discussion about this post