इटहरी : इटहरीका बरिष्ठ संगीतकार राम धामीको निधन भएको छ ।
५५ वर्षीय धामीको आज धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसीले जानकारी दिए ।
‘५ दिनअघि कोरोना मुक्त भएर पनि उहाँलाई निमोनिया भएकाले अस्पतालमै उपचारको लागि राखिएको थियो ।’ उनले भने । संगीत साधनाका अध्यक्ष समेत रहेका धामी लामो समयदेखि संगीत सिकाउँदै आएका थिए ।
सरल र सामान्य स्वभावका धामी इटहरी २ का थारु धामी समुदायमा हुर्किएका हुन् । सानैदेखि संगीतप्रतिको मोहले उनी निरन्तर लागि परिरहेका थिए ।
Discussion about this post