धरान : धरानमा छायांकन गरिएको रचनाकार अमर वान्तुको नयाँ गीत ‘गर्गी भयो धरान’ भिडियो औपचारिक रुपमा सार्वजनिक गरिएको छ ।
चर्चित नायक पल शाह, साहारा राई र सशी राईको अभिनय रहेको म्यूजिक भिडियोमा सत्यराज आचार्य र मेलिना राईको स्वर रहेको छ ।
दिनेश बान्तवाको संगीत रहेको म्मूजिक भिडियो ओएस आर डिजिटलको अफिसिय च्यानल मार्फत सार्वजनिक गरिएको हो । यसअघि म्यूजिक भिडियोको टे«लर मात्र सार्वजनिक गरिएको थियो ।
भूमिसा प्रोडक्सनले निर्माण गरेको भिडियोको निर्देशन जनकदीप पराजुली, छायांकन सागर प्रधान र भिडियोको सम्पादन धु्रबराज पराजुली ‘प्रज्वलित’ ले गरेका हुन् । म्यूजिक भिडियो भने धरानकी नृत्य निर्देशक मनिता राईले कोरियोग्राफी गरेका छन् ।
धरानलाई आधार वनाएर रचना गरिएको गीतको शब्द अनुसार नै म्यूजिक भिडियोको छायांकन धरानमा गरिएको भूमिसा प्रोड्क्सनका प्रमुख ज्योतिराज राईले बताए । रचनाकार अमर वान्तुले अहिले सम्म दुई दर्जन भन्दा बढी गीत रचना गरिसकेका छन ।
यसअघि उनले रचेका एक दर्जन बढी गीतको म्यूजिक भिडियो सार्वजनिक भइसकेको छ।
Discussion about this post