इटहरी : इटहरीस्थित पूर्व लाइनमा रहेको टेङ्ग्रा खोला नजिकै एक व्यक्तिको नग्न अवस्थामा शव फेला परेको छ ।
बिहीबार विहान टेङ्ग्रा खोला पुल छेउमा एक पुरूषको शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीले जानकारी दिए ।
‘एक अपरिचित व्यक्तिको शव फेला परेको हो,’ उनले फोन सम्पर्कमा टाकुरासँग भने, ‘शवको प्रकृति हेर्दा कुटपिटबाट मृत्यु भएको अनुमान गर्न सकिन्छ ।’ पुरुषको कुटपिटबाट मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
उनका अनुसार अन्दाजी २८।३० वर्षका देखिने ती पुरुष सडक मानव रहेको प्रहरीले अनुमान गरेको छ । उनको पहिचान खुलेको छैन । प्रहरी अहिले घटनास्थलमै रहेर मुचुल्का उठाउने काम भइरहेको डीएसपी केसीले बताए ।
उनले भने, ‘सडक मानव हो कि जस्तो देखिने पुरुषको कपडा खोलिएको अवस्था छ, हामीले अनुसन्धानको क्रम अघि सारेका छौँ ।’ उनका अनुसार प्रहरीले घटनाको विषयमा अनुसन्धान सुरु गरेको छ ।














Discussion about this post