धरान : गत वैशाख पहिलो साता वी पी प्रतिष्ठानबाट हराएका व्यक्ति धरान स्थित चारकोशे जङ्गलमा फेला परेको छ।
धरान १९ स्थित हरियाली सामुदायिक वनबाट दक्षिणमा चारकोशे जङ्गलको तल्लो फायर लाइन नजिक खोटाङ रुपाकोट मजुवागढी बस्ने ३५ वर्षीय सम्रीत राईको कङ्काल अस्थिपञ्जर फेला परेको धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए।
मृतक सम्रीत प्रतिष्ठानमा उपचारका लागी ल्याउँदा हराएको आफन्तले बताएका छन् उनि अल्कोहल सेवन गर्ने र मानसिक सन्तुलन गुमेको बुझिएको छ।
मृतकको आफन्तहरू हाल प्रहरी सम्पर्कमा आइसकेको र कङ्कालमा कपडाको आधारमा पहिचान भएको धरान प्रहरीले जानकारी दिएको छ ।
Discussion about this post