इटहरी : यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ ।
कोरोना महामारीका कारण यस वर्ष पनि एसईई परीक्षा नहुने भएको हो । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानुनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार गत वर्षको झैँ आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्नेगरी तयारी अघि बढाइएको छ ।
Discussion about this post