इटहरी : सुनसरीमा थप एकसाता निषेधाज्ञा थपिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीको सोमबार बसेको बैठकले जिल्लामा थप एक साता निषेधाज्ञा थपिएको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले एक हप्ता निषेधाज्ञा थप्दै आगामी असार २२ गतेसम्म लम्ब्याइएको हो । यसअघि प्रशासनले १४ गते राति सम्मका लागि निषेधाज्ञा थपेको थियो ।

प्रशासनले जिल्लाभर निजी सवारी साधन जोरबिजोर प्रणालीमा सन्चालन गर्न समेत निर्णय गरेको छ ।
निर्णयअनुसार अबदेखि खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछामासु पसल बिहान १० देखि दिउँसो ४ बजेसम्म खोल्न पाइनेछ ।
यस्तै, कृषि, थोक बजार भने बिहान ४ देखि बिहान १० बजेसम्म सन्चालन गर्न पाइनेछ । 














Discussion about this post