इटहरी : इटहरीमा मध्यरातमा भयानक दुर्घटना भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गएराति ११ बजे इटहरी १७ स्थित लायन्स चौकमा भयानक दुर्घटना भएको हो ।
पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २० प ६७४७ नम्बरको स्कुटरलाई बिपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको हो ।
दुर्घटनामा स्कुटरमा सवार सुनसरीको इनरुवा नगरपालिका २ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभाको चिचिला गाउँपालिका घर भइ हाल सुनसरी टेक्निकल कलेजमा अध्ययनरत २० वर्षीय विभिषण सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैको उपचारको लागि कोशी अस्पताल विराटनगर पठाएकोमा दुवै घाइतेको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले शव अस्पतालको शवगृहमा रहेको छ भने ट्रक र चालक मकवानपुर हेटौँडा ९ बस्ने ३१ वर्षीय अर्जुन गिरी इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेका छन् ।
स्कुटर चालकले लापरबाही पूर्वक चलाएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।














Discussion about this post