लेटाङ : मोरङको लेटाङ नगरपालिका ८ ज्यामिरेकी १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।
स्थानीय लालहीरा सामुदायिक वनभित्र शुक्रबार बिहान मृतावस्थामा भेटिएकी उनको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जना वृद्ध पुरुषलाई पक्राउ गरेको छ ।
हत्यामा संलग्न लेटाङ ८ का ६४ वर्षीय दीपक गिरीलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए ।
जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत करुणा विद्यालयबाट एक्लै घर फर्किने क्रममा गिरीले नियन्त्रणमा लिएर बलात्कार गरेका थिए । ज्यामिरे टोलदेखि करुणा अध्ययन गर्ने स्कूल जाते उच्च मावि पुग्न एक घण्टा पैदल हिडेर जानु पर्दछ ।
बालिका फागुन ११ स्कूल छुटी भएर घर फर्किने क्रममा हराएकी थिइन् ।
बलात्कारको घटना सार्वजनिक हुने डरका कारण गिरीले ढुङ्गाले हानेर उनको हत्या गरेको खुलेको छ । हत्यापछि शव एकान्त खोँचमा फ्यालेर माथिबाट ढुङ्गाले छोपिदिएको गिरीले स्वीकारेको एसपी जिसीले बताए ।
प्रहरीले शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ भने गिरीविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा चलाउने भएको छ ।
यो पनि – लेटाङमा बालिकाको शव जंगलमा गाडिएको अवस्थामा फेला, बलात्कारपछि हत्या भएको हुनसक्ने आशङ्का














Discussion about this post