उदयपुर : उदयपुरमा घरबाट ट्युसन हिँडेकी किशोरीको हत्यामा संलग्न आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । कोशी जनता माध्यामिक बिद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय छात्रा कविता सुनुवारको स्थानीय यसोदाखोलामा शव भेटिएको थियो ।
बिद्यालयमा ट्युसन पढन जाँदै गर्दा बाटोमा जबरजस्ती करणीपछि हत्या गरिएको आशंका प्रहरीले गरेको छ । सहकर्मीको हत्यापछि कोशी जनता माध्यामिक बिद्यालय रामपुरका बिद्यार्थीहरु आन्दोलित भएका छन् ।
उदयपुरको बेलका नगरपालिका ६ बुद्धचोक घर भएका किशोरी मंललबार बिहान बिद्यालयमा ट्युसन पढ्न जाने क्रममा हत्या भएको थियो । कविता हत्या आशंकामा सोही ठाउँ बस्दै आएका एक किशोरी सहित २ जनालाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा बेलका नगरपालिका ३ स्थित जितबहादुर ढकाल (खत्री) को घरमा बस्दै आएका १९ वर्षीय बिनोद ढकाल र जितबहादुरकै छोरी १७ वर्षीया सरिता ढकाल (खत्री) रहेको प्रहरीले जनाएको छ ।
बेलका नगरपालिका ६ किराँत चोकका कृष्ण सुनुवारकी छोरी कविता मृत अवस्थामा भेटिएको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका निरीक्षक कमाण्डको टोलीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मृतक किशोरीको टाउकोमा चोटपटक लागेको देखिएकाले कुटपिट गरी हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post