इटहरी : इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले विद्यार्थीको डिजिटल सिकाइ अनुभवलाई गति दिने उद्देश्यका साथ ई–लर्निङ प्लेटफर्म मिदास एजुकेसनसँग सम्झौता गरेको छ ।
सम्झौता भएसँगै अब भायानेटका ग्राहकले मिदास ई–क्लास १ महिनासम्म निःशुल्क चलाउन पाउने भएकाछन् ।
मिदासले नर्सरी देखि कक्षा १० सम्म विद्याथिहरुका लागि नेपाल सरकारद्वारा प्रमाणित पाठ्यक्रम ‘मिदास ई–क्लास’ मार्फत उपलब्ध गराउँदै आएको छ । यो सेवा एन्ड्रोइड मोबाइल र ल्यापटपमा वेबसाइट मार्फत प्रयोग गन सकिने भायानेटले जनाएको छ ।
यो सेवाले अनलाइन सिकाइलाई अझ सहज र रमाइलो बनाउने कम्पनीले लक्ष्य लिएको छ । मिदास ई–क्लासमा लाइभ ट्युटोरिङको विशेष सुविधा पनि रहेकाले शिक्षकहरूले आफ्ना विद्यार्थीलाई लाइभ सिकाउन र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न सहज हुने जनाइएको छ ।
भायानेटले मिदाससँग सहकार्य गरेसँगै अव आफ्ना ग्राहकलाई वैशाखसम्म ‘मिदास ई–क्लास’ निःशुल्क चलाउन दिने भएको हो । एसईई परीक्षाको तयारी गरिरहेका सबै विद्यार्थीलाई यो एउटा राम्रो अवसर हुने कम्पनीले जनाएको छ ।
भायानेटका ग्राहकले आफ्नो भायानेट कस्टमर पोर्टल वा भायानेट मोबाइल एप मार्फत लगइन गरी मिदास ई–क्लास प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
Discussion about this post