मोरङको जहदा गाउँपालिकामा माछाको भुरासहित भारतीय नम्बरप्लेट भएको पिकअप भ्यान बरामद भएको छ ।
गाउँपालिकाको ७ नम्बर वडा डुमरीयामा रहेको दशगजा क्षेत्रमा अन्दाजी १५०० किलो माछाको भुरा लोड गरेको डव्लु वी २५ जे ०७५४ नम्बरको बलेरो पिकअप बरामद भएको प्रहरी चौकी मझारेले जनाएको छ ।
भारतीय सीमा सुरक्षा बलले भारतीय क्षेत्रबाट खेदाउने क्रममा नेपाल तर्फ भाग्ने क्रममा चालक फरार भई बेवारिसे अवस्थामा फेला परेको हो ।
बरामद भएको माछाका भुरा जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई नष्ट गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।












Discussion about this post