मोरङको कटहरी गाउँपालिका–४ नयाँबजारबाट एकहजार दुइ सय तिस लिटर घरेलु मदिरा प्रहरीले नियन्त्रण लिएर बरामद गरेको छ ।
विराटनगर–रंगेली सडकखण्डमा को ७ प ८८७२ र को ७ प २९३९ नम्बरको मोटरसाइकलमा लोड गरिएको मदिरा प्रहरीले बरामद गरेको हो ।
प्रहरीले कटहरी–४ का ब्रम्हदेव पासवान र सुरेन्द्र यादवले १४ वटा प्लाष्टिकको गिलेनमा बोकेको घरेलु मदिरासहित उनीहरुलाई नियन्त्रणमा लिइएको छ ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post