झापा : झापा मेचिनगर १३ धाइजन बस्ने ३८ बर्षीय अनन्त आचार्यको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।
शुक्रबार बेलुका मेचीनगर १३ चारआली बाट पुर्व पश्चिम लोकमार्गमा मे११प ४४७८ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको मे११प ११३१ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किई दुर्घटना हुँदा घाईते भएका मे११प ४४७८ नम्बरको मोटरसाईकल चालक अनन्त आचार्यको B&C अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अर्को मे११प ११३१ नम्बरको मोटरसाईकलमा सवार २ जना समेत घाईते भई उपचार भईरहेको छ । दुवै मोटरसाईकल प्रहरीको नियन्त्रमा रहेको प्रहरीले जनाएको छ ।














Discussion about this post