Saturday, September 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

उर्लाबारीमा प्रविनको मृत्यु भएको घटना अनुसन्धानमा प्रहरीले लापरबाही गरेको भन्दै परिवारको आक्रोश

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १०, २०७७
in समाचार
0
उर्लाबारीमा प्रविनको मृत्यु भएको घटना अनुसन्धानमा प्रहरीले लापरबाही गरेको भन्दै परिवारको आक्रोश
716
SHARES
Share on FacebookShare on Twitter

मोरङको उर्लाबारीमा शङ्कास्पद मृत्यु भएका एक युवकको घटना अनुसन्धानमा लापरबाही भएको भन्दै आफन्तले इलाका प्रहरी कार्यालय उर्लाबारी परिसरमा नाराबाजी गरेका छन्।

गत पुसमा मोरङका ३१ वर्षीय प्रविन बाँस्तोलाको मृत्यु भएको थियो। घटनापछि मृतकका बुबा प्रेमप्रसाद बास्तोलाले पुस २२ गते उर्लावारी–६ का राजेश रणपहेलीविरुद्ध किटानी जाहेरी दिएका थिए।

इलाका प्रहरी कार्यालय उर्लाबारीमा पुस ९ गते यो घटना ज्यानसम्बन्धी कसुर दर्ता किताबको ६७ नम्बरमा उल्लेख गरिएको थियो। तर, प्रहरीले फरेन्सिक प्रतिवेदन आउन ढिलाइ भएको भन्दै पक्राउ गरिएका रणपहेलीलाई गत माघ २ गते नै छोडिदिएको थियो। प्रहरीले कानुनबमोजिम २५ दिन थुनामा राखेर अनुसन्धान गर्ने अवधि पूरा भएको भन्दै छोडेको हो।

जिल्ला सरकारी वकिल कार्यालयको निर्देशनबमोजिम प्रतिवादी छोडिएपछि घटनामा प्रहरीको मिलेमतो रहेको मृतकको परिवारको आशंका छ। अनुसन्धान प्रभावकारी नभएको र आरोपित व्यक्तिले उन्मुक्ति पाएको भन्दै आइतबार पीडित परिवार र स्थानीयवासीले जिज्ञासा माग्दा प्रहरीले लापरवाही गरेको पाइएको छ।

मृतकका परिवार र आफन्तलाई चित्त नबुझेपछि पछिल्लो समय प्रहरीको अनुसन्धानमा शंकास्पद मृत्यु भएका व्यक्तिको मिसिलमा असम्बन्धित फोटो संलग्न गरेको भेटिएपछि प्रहरीले घटना ढाकछोप गर्न भूमिका खेलेको रहस्य खुलेको मृतकको परिवारको दाबी छ।

मिसिलमा समावेश गरिएको मृतकको तस्बीरमा चाँदीको सिक्री लगाएको पाइएपछि स्थानीयले केहीबेर इलाका प्रहरी कार्यालय घेराउ गर्नुका साथै प्रहरीविरुद्ध नाराबाजी पनि गरेका थिए। त्यही क्रम सोमबारसमेत पीडित र स्थानीयवासीले कायम राखेका छन्।

मृतक फेला पर्दा उनको गलामा सिक्री थिएन। यद्यपि प्रहरीले अनुहार नै नचिनिने गलामा सिक्री लगाएको तस्वीर घटना मुचुल्कामा संलग्न गरेको पाएपछि स्थानीय आक्रोशित बनेका हुन्।

सुरुमा प्रहरीले दोषी पत्ता लगाउने आश्वासन दियो। तर, अहिले घटनाका आरोपित सबैलाई छोडिदिएको छ। मृतक प्रविनका बुबा प्रेमले भने –४ गते घरबाट निस्किएको छोरो ५ गते ११ बजेतिर मर्यो अरे भनेर नचिनिएको नम्बरको फोनबाट खबर आयो। ‘कहाँ मर्यो, कसरी मर्यो कसले मार्यो ,हामी परिवारका सदस्यलाई केही थाहा भएन। प्रहरी पनि प्रत्येक पटक अलगअलग बयान दिन्छ। मर्ने त मर्यो तर न्याय मर्नु भएन नि’, उनले भने।

छोराको शव मृत अवस्थामा गोदावारी अस्पतालमा भेटिएपछि परिवारले प्रविनलाई त्यहाँसम्म कसले ल्यायो भन्नेसम्म थाहा छैन।

प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा छानबिन

जिल्ला प्रहरी कार्यालय मोरङले घटनाको सम्बन्धमा छानबिन गर्न प्रहरी नायव उपरीक्षक मानबहादुर राईको संयोजकत्वमा छानबिन समिति बनाइएको छ। आइतबार स्थानीयले इलाका प्रहरी कार्यालय उर्लाबारी घेराउ गरेपछि प्रहरीले छानबिन समिति गठन गरेको हो।

जिल्ला प्रहरी कार्यालयले बास्तोला मृत्यु प्रकरणको अनुसन्धानमा घटनाको तथ्यहरुमा तात्विक फरक पर्ने गरी प्रमाण संकलन र नष्ट गरी कसुरदारलाई उन्मुक्ति दिने गैह्रव्यवसायिक काम गरेको पाइएमा अनुसन्धान अधिकृतलाई कारबाही गर्ने दाबी गरिएको छ।

प्रहरीले सम्बन्धित इलाका इन्चार्ज, अनुसन्धान अधिकृत, प्रहरी कर्मचारी समेतलाई कारबाही गरिने भन्दै घटना अनुसन्धान नयाँ प्रक्रियाबाट गर्ने जिल्ला प्रहरी कार्यालय मोरङले विज्ञप्तिमार्फत जानकारी दिइएको छ।

घटनाको सुरुवाती फेहरिस्तदेखि अहिलेसम्मको अवस्थाको अनुसन्धान गर्ने गरी टोली खटाइएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।

प्रहरीले जिल्ला सरकारी वकिलको रायका आधारमा जिम्मा जमानीमा छोडेको हो, पूर्ण उन्मुक्ति दिएको हैन, उपरीक्षक खड्काले भने, घटनाको अनुसन्धानमा त्रुटि रहेको पाइएमा संलग्न प्रहरीलाई कारबाही हुन्छ ।

                                                                                                                                   

थाहाखबर

 

Tags: #मोरङमृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी
समाचार

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८३
0

इटहरी : इटहरीमा लागूऔषध नाइट्राजेपाम ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–२० तरहरा पानीपिया जंगलस्थित कोशी लोकमार्गमा संयुक्त...

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर
खेलकुद

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०८३
0

इटहरी : खेलकुदको पर्याप्त सम्भावना र पूर्वाधार हुँदाहुँदै पनि इटहरीलाई ‘स्पोर्ट्स सिटी’ घोषणा गर्न नसक्दा खेल क्षेत्रले धेरै अवसर गुमाएको...

सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

भदौ १९, २०८३
हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

भदौ १९, २०८३
भगवान् श्रीकृष्णसँग जोडिएका यी रहस्यमय १० तथ्य

भगवान् श्रीकृष्णसँग जोडिएका यी रहस्यमय १० तथ्य

भदौ १९, २०८३
कृष्ण जन्मोत्सवमा इटहरीको प्रणामी मन्दिर भरिभराउ (तस्बिरहरू)

कृष्ण जन्मोत्सवमा इटहरीको प्रणामी मन्दिर भरिभराउ (तस्बिरहरू)

भदौ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

भदौ १९, २०८३
‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

‘स्पोर्ट्स सिटी’ घोषणा नगर्दा इटहरीले गुमायो खेलकुदका अवसर

भदौ १९, २०८३
सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

सामुदायिक क्याम्पसका समस्या समाधान गर्न त्रिवि उपकुलपति प्रतिबद्ध

भदौ १९, २०८३
हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

हुलाकको पार्सलबाट थाई गाँजा बरामद, इटहरी र धरानबाट चार पक्राउ

भदौ १९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.