Thursday, June 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

प्रदेश १ मा नेकपा प्रचण्ड–माधव समूहले १३ जिल्लाको नेतृत्व तोक्यो, सुनसरीमा योगेन्द्र मण्डल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १०, २०७७
in समाचार
0
प्रदेश १ मा नेकपा प्रचण्ड–माधव समूहले १३ जिल्लाको नेतृत्व तोक्यो, सुनसरीमा योगेन्द्र मण्डल
275
SHARES
Share on FacebookShare on Twitter

नेकपा विभाजनपछि प्रचण्ड–माधव समूहले प्रदेश १ का १३ जिल्लामा जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । सोमबार प्रदेश १ का १३ सहित ६५ जिल्लामा अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो ।

मोरङमा भने दुवै पक्षले आफ्नो दाबेदारी प्रस्तुत गरेका कारण अध्यक्ष र सचिव तोकिएको छैन ।

प्रचण्ड–माधव समूहले ताप्लेजुङको अध्यक्षमा विजय वनेम र सचिवमा बलबहादुर साम्सोहाङ, पाँचथर अध्यक्षमा कमल जवेगु र सचिवमा होमप्रसाद जवेगु चयन भएका छन् ।

त्यस्तै इलाम अध्यक्षको जिम्मेवारी भक्त केसीले पाउँदा सोममाया राई सचिव तोकिएकी छन् ।

झापाको अध्यक्षमा वेदराज रेग्मी चयन भएका छन् । सचिवको जिम्मेवारी मणिकुमार साङपाङले पाएका छन् ।

सुनसरीको अध्यक्षमा योगेन्द्र मण्डल र सचिवमा रमेश बस्नेत, धनकुटा अध्यक्षमा दुर्गा लिङ्खा र सचिवमा ऋषिराम ढुङ्गाना, तेह्रथुम अध्यक्षमा लक्ष्मण तिवारी र सचिवमा इन्द्रबहादुर इमसुङ चयन भएका छन् ।

सङ्खुवासभा अध्यक्ष हेमराज घिमिरे र सचिव कृष्ण याक्खा, भोजपुर अध्यक्षमा शरण राई र सचिवमा बिमल खड्का, खोटाङ अध्यक्षमा देवान चाम्लिङ र सचिवमा जलशेर राईले जिम्मेवारी पाएका छन् ।

सोलुखुम्बु अध्यक्षमा गोम्बु शेर्पा र सचिवमा डिल्ली राई, ओखलढुङ्गा अध्यक्षमा मोहनबहादुर खड्का र सचिवमा हर्कबोल राईले जिम्मेवारी पाएका छन् । उदयपुर अध्यक्षमा विनोद कट्वाल र सचिवमा ईश्वरमणि राउत चयन भएका छन् ।

मोरङमा दुवै समूहको दाबी

नेकपा विभाजनअघि मोरङमा जिल्ला अध्यक्ष तत्कालीन एमाले र सचिव तत्कालीन माओवादीले पाएको थियो । मोरङ अध्यक्ष ऋषिकेश पोखरेल नेकपा ओली समूहमा छन् ।

अध्यक्ष ओली समूहमा लागेपछि सचिव गणेश उप्रेती सुशीलले अध्यक्षमा दावेदारी प्रस्तुत गरेका छन् । मोरङमा माधवकुमार नेपाल पक्षका पारुल क्षेत्री पनि अध्यक्षको दाबेदार हुन् ।

पूर्व एमालेले नेतृत्व गरेको जिल्लामा एमालेले नै नेतृत्व गर्न पाउनुपर्ने माधव पक्षको अडान छ ।

पार्टी एकता हुँदा आफू सचिव रहेकाले अब अध्यक्षको जिम्मेवारी पाउनुपर्ने गणेश उप्रेती बताउँछन् । ‘अध्यक्षले छाडेपछि पदाधिकारीबाट नेतृत्वमा जाने परम्परा छ,’ उप्रेती भन्छन्, ‘अध्यक्षपछाडिको वरियतामा म थिए ।’ आफूलाई पार्टीले न्यायोचित निर्णय गर्ने बताए ।

पूर्वएमालेले जिम्मेवारी पाएको स्थानमा पूर्वएमालेले नै पाउने भएकाले आफूले दाबेदारी प्रस्तुत गरेको क्षेत्रीले बताए ।

नेकपा केन्द्रीय सदस्य महेश रेग्मीले छलफल भइरहेकाले केही दिनभित्र विषय टुङ्गो लगाउने बताए ।

विराटनगर महानगर कमिटीले पनि जिल्लासरहको मान्यता पाउँछ । यसअघि जिल्ला र महानगरमा पूर्वएमालेले अध्यक्ष पाएका थिए । जिल्ला र महानगरको अध्यक्ष ओली समूहमा लागेका कारण तत्काल जिम्मेवारी तोक्न नसकिएको नेताहरु बताउँछन् । ‘केही दिनभित्र हामी टुङ्गो लगाउँछौं,’ केन्द्रीय सदस्य रेग्मीले भने, ‘छलफल जारी छ ।’

कोसी अनलाइनबाट ।

Tags: नेकपाप्रचण्ड–माधव समूह
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ
समाचार

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार १०, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिकामा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्नुका साथै ब्राउनसुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी...

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा
समाचार

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

by टाकुरा न्यूज । इटहरी
असार १०, २०८३
0

इटहरी : स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा इटहरीको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। नेकपा एमालेका पूर्व नेता तथा...

धरानमा बिहीबारदेखि पूर्णरुपमा विद्यालय बन्द गरिने

फेरि बजेटविहीन बन्यो धरान, कानुनी समयसीमा नाघ्दा बढ्यो वित्तीय अनिश्चितता

असार १०, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

बाँदरले सताएपछि नगरपालिकाले राख्दैछ ‘बाली हेरालु’

असार १०, २०८३
विराटनगरको परोपकार घाटमा निर्वस्त्र अश्लील हर्कत, चार पक्राउ

विराटनगरको परोपकार घाटमा निर्वस्त्र अश्लील हर्कत, चार पक्राउ

असार १०, २०८३
४५ करोड पनि उठेन, फेरि १ अर्ब २७ करोडको लक्ष्य : विराटनगरको बजेटमा पुरानै महत्वाकांक्षा

४५ करोड पनि उठेन, फेरि १ अर्ब २७ करोडको लक्ष्य : विराटनगरको बजेटमा पुरानै महत्वाकांक्षा

असार १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

सुनसरीको बराहक्षेत्रमा ६२ केजी गाँजा बरामद, ब्राउनसुगरसहित ६ जना पक्राउ

असार १०, २०८३
मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

मेयर बन्ने लक्ष्यसहित एमाले त्यागेर रामप्रसाद चौलागाईं हर्क साम्पाङको पार्टीमा

असार १०, २०८३
धरानमा बिहीबारदेखि पूर्णरुपमा विद्यालय बन्द गरिने

फेरि बजेटविहीन बन्यो धरान, कानुनी समयसीमा नाघ्दा बढ्यो वित्तीय अनिश्चितता

असार १०, २०८३
खोटाङमा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक बहस

बाँदरले सताएपछि नगरपालिकाले राख्दैछ ‘बाली हेरालु’

असार १०, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    395 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    373 shares
    Share 149 Tweet 93
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    348 shares
    Share 139 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.