इटहरी : लायन्स क्लब अफ इटहरी पचरुखी र पचरुखी युवा क्लबको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३९ पिन्ट रगत संकलन भएको छ ।
आज विहीबार इटहरी ५ स्थित पचरुखी चोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३९ पिन्ट रगत संकलन भएको हो ।
पछिल्लो समय रगत अभाव भइरहेको र यसलाई मध्यनजर गरि रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ इटहरी पचरुखीका अध्यक्ष बिक्रम घिमिरेले बताए । “लायन्सको नियमित कार्यक्रम भित्र पर्ने र रगतको अभाव पनि भएको कुरालाई मध्यनजर गरि यो कार्यक्रम गरिएको हो ।” उनले भने ।
पचरुखी युवा क्लबका अध्यक्ष पीताम्बर पोखरेलको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।














Discussion about this post