इटहरी : इटहरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साइकलमा यात्रा गरिरहेका अवस्थामा मोरङको उर्लाबारी नगरपालिका–१ घर भएका ४१ वर्षीय मनोज खनालको भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा मृत्यु भएको हो।
शुक्रबार राति कोसी लोकमार्गमा इटहरी तर्फ जाँदै गरेको बीआर ०१ जीडी १४५८ नम्बरको ट्रकले इटहरी–१२ स्थित खनारमा साइकलको यात्रा गरिरहेका खनाललाई साँझ ठक्कर दिएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिएका छन् ।
एसपी शर्माका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ८ नै मृत्यु भएको हो । ट्रक र चालक भारतीय नागरिक भोगेन्द्र दासलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरी बताइएको छ।














Discussion about this post