उदयपुर : उदयपुर त्रियुगा नगरपालिका ५ का २५ वर्षीय प्रदीप शाक्य थारुलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
आज सोही स्थानमा प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध PHENERGAN ३० एम्पुल, NOOPHIN ३० एम्पुल र DIAZELAB ३० एम्पुल सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post