Monday, October 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

इटहरी आएर पर्यटनमन्त्री ढकालले भने, ‘जनताको समस्या समाधान गर्न सरकार साथमा छ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १७, २०७७
in भिजिट नेपाल, समाचार
0
इटहरी आएर पर्यटनमन्त्री ढकालले भने, ‘जनताको समस्या समाधान गर्न सरकार साथमा छ’

कार्यक्रममा सम्बोधन गर्दै पर्यटनमन्त्री ढकाल ।

275
SHARES
Share on FacebookShare on Twitter

इटहरी : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले जनताको समस्या समाधान गर्न सरकार साथमा रहेको बताएका छन् ।

इटहरी २ मा सञ्चालित इपिल्याण्ड एण्ड वाटरपार्कको सोमबार उद्घाटन गर्दै मन्त्री ढकालले भने, ‘जनताको समस्या समाधान गर्न सरकार साथमा रहेको छ, राम्रो काम गर्नेका लागि सरकारको सधैँ साथ सहयोग छ ।’

निजी क्षेत्रको करीब ३० करोड लागतमा निर्माण भएको फनपार्कको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री ढकालले राम्रो उदेश्यका साथ समाजलाई अग्रणी बनाउन निर्माण भएको उक्त फनपार्कले यस क्षेत्रमा सकारात्मक सन्देश दिने उल्लेख गरे ।

‘पूर्वान्चल पर्यटनको गतिमा अग्रगतिमा दौडनुपर्ने भएपनि पर्यटनको काम भएको छैन,’ उनले भने, ‘न हाम्रो क्षेत्रमा पर्यटनको विकास भयो, न ठूला होटलहरु नै स्थापना गर्न सकियो !’ उनले प्रदेश १ मा पर्यटनको सम्भाव्यता धेरै भएपनि पर्यटकीय क्षेत्रमा विकासका काम आरम्भ नभएको तर्क गरे ।

‘यहाँ समय र सम्भाव्यता भएपनि विकासको आरम्भ भएको पाईदैँन तर इटहरी जस्तो ठाउँमा यो फनपार्ककको स्थापना हुनु सुखद् हो,’ मन्त्री ढकालले भने, ‘भविष्यमा अरुलाई पनि काम गर्न उत्प्रेरित गर्ने र यसलाई निरन्तरता दिनु आवश्यक छ ।’

उनले पर्यटनको क्षेत्रमा लगानी गर्न सरकार तयार रहेकाले पर्यटनको अवलोकन गर्न आवश्यक रहेको बताए । निजी क्षेत्रलाई सरकारले नीतिगत सुझाव दिदैँ यस क्षेत्रको विकासमा आफूहरु गम्भीर रहेको उनको भनाई थियो ।

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले इटहरी क्षेत्रमा उक्त पार्क निर्माण हुनु सुखद् रहेको बताए ‘यो पार्कको सन्चालनले आर्थिक विकास र समृद्धिको लागि महत्वपूर्ण छ,’ उनले भने, ‘सबै हिसाबले यस क्षेत्रका लागि सुखद छ ।’

इपिल्यान्ड फनपार्कका सन्चालक ज्ञानबिक्रम शाहले चारजनाको संयुक्त लगानीमा उक्त फनपार्क सञ्चालनमा आएको बताए । उनले भने, ‘स्थानीय मानिसलाई रोजगारीको अवसर सृजना गर्न र भारतीय पर्यटक भित्राउने लक्ष्यका साथ यो फनपार्कको शुभारम्भ गरिएको हो ।’

कम्पनीका अध्यक्ष भीम बहादुर पौडेलले एक वर्ष अगाडि नै फनपार्क सञ्चालनमा आउने भएपनि कोरोना महामारीका कारण एक वर्ष धकेलिएको बताए ।

उनका अनुसार पार्कमा पूर्वको सबैभन्दा ठूलो वाटर पार्क, पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड, ६ सय मानिस अटाउने वेभ पुल, जीप लाइन, बोटिङ गर्दै लोप भइसकेका जनावरको इलेक्ट्रोनिक माध्यमबाट आवाज सुन्न सकिने सुविधा रहेको छ ।

पार्कमा एकैपटक ६ हजार बढी पर्यटकले अवलोकन तथा अनुभव गर्न सकिने पौडेलले बताए ।

Tags: #इटहरी#पर्यटन#भिजिट नेपालइपिल्याण्ड एण्ड वाटरपार्क
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन
विविध

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

by रासस
कार्तिक १, २०८३
0

ताप्लेजुङ : प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ...

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद
FEATURE BREAKING

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सामुदायिक वनमा लुकाएर राखिएको कटुवा पेस्तोल र एक राउन्ड गोली प्रहरीले बरामद गरेको...

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३
गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

अशोज ३१, २०८३
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

अशोज ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

अशोज ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३

सगरमाथाको शिखरमुनि हराएको जीवन

कार्तिक १, २०८३
सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३
विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

    196 shares
    Share 78 Tweet 49

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.